Wednesday, July 31, 2019

बलिउडमा श्रुती हसनको दश वर्ष

भारतीय फिल्मका लिजेण्ड्री अभिनेता कमल हासनकी छोरी श्रुति हासनले अभिनेत्रीको रुपमा फिल्म क्ष्ँेत्रमा १० वर्ष पुरा गरेकी छिन् ।

श्रुतिले सन् २००९ को जुलाई २४ मा प्रदर्शन भएको हिन्दी फिल्म ‘लक’ मार्फत अभिनयमा डेब्यू गरेकी थिइन् । फिल्ममा उनको जोडीको रुपमा आमिर खानका भान्जा इमरान खानले अभिनय गरेका थिए । यद्यपि, उक्त फिल्म फ्लप भयो । त्यसपछि श्रुतिले हिन्दी तथा दक्षिण भारतीय फिल्ममा काम गरिरहिन् । साथै यो अवधिमा उनी आफ्ना गायन प्रतिभालाई समेत निखार्दै गइन् ।

यसैबीच, श्रुतिले अभिनय क्षेत्रमा १० वर्ष पुरा गरेको अवसर पारेर सामाजिक सञ्जालमा एउटा लामो भावनात्मक पोस्ट लेखेर आफ्नो प्रसंशक तथा फलोअर्सहरुलाई धन्यवाद दिएकी छिन्, जसले उनलाई यो यात्राका क्रममा सधैं साथ दिएका छन् ।

श्रुतिले लेखेकी छिन्-‘आज मैले फिल्म उद्योगमा १० वर्ष पुरा गर्न सफल भएकी छु । यो अवधिमा मैले यति धेरै कुरा सिकें, त्यसका लागि म सबैंलाई हार्दिक धन्यवाद दिन चाहान्छु । म के वाचा गर्न चाहान्छु भने भविष्यमा म अझ उत्कृष्ट काम गर्नेछु ।’ श्रुतिले उक्त पोष्टमा लेखेकी छिन्-‘एउटी अभिनेत्री तथा एक व्यक्ति भएको नाताले म निकै परिवर्तन भएकी छु ।

यो पछिल्लो एक वर्षको ब्रेक लिएर मैले आफ्नो प्रोफेशनल तथा पर्सनल लक्ष्यहरुका बारेमा विचार गर्नु अति नै अनिवार्य थियो । यो ब्रेकले मलाई आगामी समयका लागि तयार गर्न ठूलो सहयोग गरेको छ । तपाईंहरुलाई थाहा छैन, तपाईंहरु सबै जना मेरो लागि कति महत्वपूर्ण हुनुहुन्छ ।’ श्रुति हसनको पछिल्लो फिल्म थियो-बहन होगी तेरी, जसमा उनी राजकुमार रावसंग देखिएकी थिइन् ।

श्रुतिको व्यक्तिगत कुरा गर्ने हो भने उनी पछिल्लो केही वर्षदेखि माइकल कोर्सेलसंगको प्रेम सम्बन्धमा थिइन् । यही वर्षको अपि्रल महिनामा मात्र उनीहरुको ब्रेकअपको समाचार सार्वजनिक भएको थियो । माइकलले सामाजिक सञ्चालमार्फत श्रुतिसंधै आफ्नी राम्री साथी रहने भन्दै प्रेम सम्बन्ध टुंगिएको घोषणा गरेका थिए ।

श्रुतिले अभिनयबाट केही समयको लागि ब्रेक लिनु पर्ने कारण जे भए पनि उनका प्रशंसकहरु भने उनलाई पुनः फिल्मको पर्दामा देख्न चाहाने कुरामा भने दुईमत छैन ।



from Online Khabar https://ift.tt/2Ke6poz
via IFTTT

No comments:

Post a Comment