Wednesday, July 17, 2019

अमेरिकी संसदमा राष्ट्रपति ट्रम्पविरुद्ध खेद प्रस्ताव पारित

१ साउन, काठमाडौं । अमेरिकाको प्रतिनिधिसभाले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध खेद प्रस्ताव पारित गरेको छ । चार महिला सांसदविरुद्ध कथित नस्लीय टिप्पणी गरेकाले ट्रम्पविरुद्ध खेद प्रस्ताव पारित गरिएको हो ।

१८७ डेमोक्रेटिक सदस्य रहेको प्रतिनिधिसभामा खेद प्रस्ताव २४० मतले पारित भएको बीबीसीले जनाएको छ । यसबाट के बुझिन्छ भने ट्रम्पकै पार्टी रिपब्लिकनका सांसदहरुले पनि उनीविरुद्धको प्रस्तावको पक्षमा भोट दिएका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले चार महिला सांसदहरुविरुद्ध ट्वीटरमा कडा टिप्पणी गर्दै अमेरिका छोड्न भनेका थिए । त्यसको व्यापक आलोचना भइरहेको छ । खेद प्रस्तावमा ट्रम्पको टिप्पणीलाई नश्लवादी भनिएको छ । यद्यपि ट्रम्पले त्यसलाई नश्लवादी नभएको जिकीर गर्दै आएका छन् ।

सोमबार आयोजित एक प्रेस कन्फरेन्समा ट्रम्पले भनेका छन्, ‘म नश्लवादी होइन । मेरो कुरालाई गम्भीर रुपमा नलिनु होला ।’



from Online Khabar https://ift.tt/2xMdPtk
via IFTTT

No comments:

Post a Comment