३० असार, काठमाडौं । न्युजिल्यान्डका कप्तान केन विलियम्सन विश्वकप क्रिकेटको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।
विश्वकप उपाधि नजिक पुगेर पनि सुपर ओभरमा समेत बराबरी हुँदै बाउन्ड्री (चौका) मा इंग्ल्यान्डसँग हार्दै उपविजेतामै न्युजिल्यान्डले चित्त बुझाएको छ । न्युजिल्यान्डलाई यो स्थानसम्म ल्याउन कप्तान केनले ठूलो भूमिका खेले ।
उनले यो विश्वकपमा ५७८ रन बनाए । यो क्रममा उनले दुई शतक र दुई अर्धशतक बनाएका थिए ।

from Online Khabar https://ift.tt/2XL0twQ
via IFTTT
No comments:
Post a Comment