Saturday, August 10, 2019

लिभरपुलको शानदार प्रदर्शन

२५ साउन, काठमाडौं । लिभरपुलले इंग्लिस पि्रमियर लिगको सिजनको पहिलो खेलमा शानदार प्रदर्शन गरेको छ ।

गएराति भएको खेलमा नर्विचलाई ४-१ गोल अन्तरले पराजित गरेको हो । एन्फिल्डमा भएको खेलको सातौं मिनेटमा नर्विचका कप्तान ग्रान्ट हान्लीले आत्मघाती गोल गर्न पुगे ।

१९ औं मिनेटमा मोहम्मद सला र २८ औं मिनेटमा भर्जिल भान डाइकले गोल गरे । खेलको ४२ औं मिनेटमा ओरिगीले गोल गरेपछि लिभरपुल पहिलो हाफमै ४-० को अग्रता कायम गर्न सफल भयो ।

दोस्रो हाफमा नर्विच सिटीका टिमु पोक्कीले सान्त्वना गोल गरे । पहिलो हाफमा नै लिभरपुलका गोलरक्षक एलिसन घाइते भएर मैदान छाडेको फाइदा नर्विचले उठाएको थियो ।



from Online Khabar https://ift.tt/2YZ6xkY
via IFTTT

No comments:

Post a Comment