Saturday, August 10, 2019

गुल्मीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु

२५ साउन, गुल्मी । गुल्मीमा शुक्रबार साँझ जीप दुरघटना हुँदा एक जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

दुर्घटनामा छत्रदेव गाउँपालिका ४ निवासी ४८ वर्षीय चालक हरिप्रसाद पाण्डेयको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका एसपी दीपककुमार बस्नेतले बताए ।

दुर्घटनामा रेसुंगा नगरपालिकाका दीपक विक, शेरबहादुर विक र बोजेन्द्र तथा अर्घाखाँची घर भएका कृष्ण पाण्डेय घाइते छन् । उनीहरुलाई उपचारका लागि पाल्पा पठाइएको छ ।

दुर्घटनामा परेको जिप सडकबाट करिब २ सय मिटर तल खसेको छ ।



from Online Khabar https://ift.tt/2MaY0W5
via IFTTT

No comments:

Post a Comment