Sunday, August 4, 2019

अमेरिकाको टेक्सासमा अन्धाधुन्ध गोली प्रहार, २० मारिए, २६ घाइते

१९ साउन, काठमाडौं । अमेरिकाको टेक्सासस्थित इआई पासोमा अन्धाधुन्ध गोली प्रहार हुँदा कम्तीमा २० जनाको ज्यान गएको छ । २६ जना घाइते छन् ।

सिलो भिस्टा मल नजिकैको वालमार्ट स्टोरमा घटना भएको हो । बीबीसीका अनुसार, यो अमेरिका र मेक्सिकोको सीमा नजिकैको क्षेत्र हो ।

अमेरिकी सञ्चारमाध्यमहरूले सीसीटीभीमा कैद भएको डार्क टिसर्टर् र इअर प्रोटेक्टर लगाएका व्यक्तिले एसल्ट राइफलमार्फत अन्धाधुन्ध गोली बर्साएको दृश्य प्रसारण गरेका छन् ।

टेक्सास राज्यका गभर्नर जर्ज एबोटले गोलीकाण्डको पुष्टि गर्दै इतिहासकै सबैभन्दा भयानक दिन भएको प्रतिक्रिया दिएका छन् ।

घटनामा संलग्नको आशंकामा प्रहरीले २१ वर्षीय युवक प्याटरिक क्रुसिअसलाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार, प्रारम्भिक अनुसन्धानका क्रममा उनी दल्लासका भएको खुलेको छ ।

अमेरिकामा मास सुटिङको घटना नयाँ होइन । यसअघि पनि पटक-पटक यस्ता घटना हुँदा कैयनले ज्यान गुमाएका छन् । यस्ता घटना बढेपछि नागरिकलाई बन्दुक राख्न दिइँदै आएको सुविधाबारे बहस भइरहेको छ ।



from Online Khabar https://ift.tt/2GL8dEi
via IFTTT

No comments:

Post a Comment