२० साउन, काठमाडौं । सरकारी जग्गा दुरुपयोग अब नयाँ विषय रहेन । यस्तैमा सेटिङमा नयाँ बसपार्कसमेत कब्जा गरिएको पाइएको छ ।
आजको अन्नपूर्ण पोस्ट दैनिकले काठमाडौं महानगरपालिका र गोंगबुस्थित नयाँ बसपार्क सञ्चालक ल्होत्से बहुउद्देश्यीय प्राइभेट लिमिटेडबीच १६० रोपनी सरकारी जग्गा हडप्ने गरी गैरकानूनी पूरक सम्झौता भएको फेला परेको समाचार छापेको छ । यसरी गरिएको सम्झौताको हस्ताक्षरमा महानगरपालिकाले कसैलाई पनि साक्षी नराखेको पाइएको छ ।
समाचार अनुसार, ल्होत्सेले मूल सम्झौताविपरीत नयाँ बसपार्कमा गैरकानूनी रूपमा बनाइएको व्यापारिक संरचनालाई वैधता दिलाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन पदाधिकारीको सहारा लिएको थियो । तत्कालीन पदाधिकारी र ल्हामेत्सेका सञ्चालकको मिलेमतोमा आयोगले आफ्नो क्षेत्राधिकारबाहिर गई ०६६ मा अनुचित कार्यको दफा प्रयोग गरेर पूरक सम्झौता गरेको हो ।
‘कोरला र हिल्सामा चिनियाँ चासो’ शीर्षक दिएर कान्तिपुरले मुख्य समाचार बनाएको छ । समाचार अनुसार, चीनले दुवै नाका खोल्न पुनः चासो देखाएको हो ।
संघीय संरचनाअनुसार राजनीतिक दलका संगठन सञ्चालन हुन नसकेको विषय पनि कान्तिपुरलले आज उठाएको छ । प्रमुख सत्तारूढ दल नेकपाले संघीयताअनुसार पार्टी संरचना निर्माण गरे पनि ती संक्रमणकालीन अवस्थामै रहेको समाचारमा उल्लेख छ । कांग्रेसले त प्रदेश संरचना बनाउनेबारे बल्ल छलफल थालेको छ ।
प्रधानमन्त्रीको उपचार आफ्नै खर्चमा हुने खबरलाई पनि आजका सबैजसो दैनिक पत्रिकाले प्राथमिकतापूर्वक छापेका छन् ।हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज
from Online Khabar https://ift.tt/2YpN8KK
via IFTTT
No comments:
Post a Comment