२४ साउन, काठमाडौं । सर्लाहीको मलंगवाबाट काठमाडौंतर्फ आउँदै गरेको बस धादिङमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । १४ भन्दा बढी घाइते भएका छन् ।
ना ६ ख ७४६९ नम्बरको रात्रिबस शुक्रबार बिहान ३ बजे धादिङको बेनी रोराङ गाउँपालिका–३, सलाङघाटमा दुर्घटना भएर त्रिशूलीमा खसेको हो ।
धादिङमा कार्यरत नेपाल प्रहरीका एसपी राजकुमार बैदवारले दुर्घटनामा ३ जनाको मृत्यु भएको पुष्टि गरे । एसपी बैदवारका अनुसार, मृतकको सनाखत हुन बाँकी छ ।
दुर्घटनामा अन्य १४ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ । उनीहरूलाई उद्धार गरी विभिन्न अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय, धादिङले जनाएको छ ।
करिब ३८ यात्रु सवार बस सडकबाट अन्दाजी २ सय मिटर तल त्रिशूली नदीमा खसेको छ । एसपी बैदवारले दुर्घटनाको कारण नखुलेको र यसबारे थप अनुसन्धान भइहेको अनलाइनखबरलाई बताए ।
from Online Khabar https://ift.tt/2ZJXL7N
via IFTTT
No comments:
Post a Comment