Monday, August 19, 2019

जुम्लामा बिजुली : युनिटकै १ सय !

२ भदौ, काठमाडौं । झलनाथ खनाल र माधव नेपालको वरीयताबारे नेकपाले गरेको निर्णय र प्रधानमन्त्रीको संसद्को सम्बोधन आजका सबैजसो दैनिक पत्रिकाहरूको पहिलो प्राथमिकतामा परेको छ ।

अन्नपूर्णले ‘खनाल बढुवा, नेपाल घटुवा’ शीर्षक दिएर लेखेको छ- १५ महिनायता पार्टीमा तेस्रो मर्यादाक्रममा रहेका नेपालको स्थानमा चौथो वरीयतामा रहेका नेता तथा अर्का पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई ल्याइएको छ ।

कान्तिपुरले ‘नेपालको वरीयता घट्यो’ शीर्षक दिएर वरीयता हेरफेरबारे मुख्य समाचार बनाएको छ ।

नागरिकले भने नेता नेपालको वरीयता खोसिएसँगै नेकपाको विवाद गहिरिएको निष्कर्ष निकालेको छ । साथै नेपालको प्रस्ताव पनि नेकपाले अस्वीकृत गरेको उसले लेखेको छ । ‘बैठकले नेता नेपालले अघि खसारेको एक व्यक्ति एक पदका साथै स्थायी कमिटिका तीन नेतालाई सचिवालयमा ल्याउन गरेको प्रस्ताव पनि अस्वीकार गरेको छ’, नागरिकले समाचारमा लेखेको छ ।

जुम्लामा ज्योति : युनिटकै १ सय

सरकारले बिजुलीमा उत्पादनमा आत्मनिर्भर बन्दै गइरहेको बताएको छ । ऊर्जा मन्त्री र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दिएको सन्देशमा पनि नेपाल बिजुलीमा आत्मनिर्भरको बाटोमा गएको उल्लेख छ । यहीबीच जुृम्लाका नागरिकले प्रतियुनिट बिजुलीका लागि सय रुपैयाँ खर्चनु परेको समाचार बाहिर आएको छ ।

जुम्लामा जलविद्युत् आयोजना सञ्चालनको साटो डिजेल प्लान्ट ल्याइएपछि बिजुली महँगो भएको कान्तिपुरले लेखेको छ ।

‘जुम्लामा ज्योति, युनिटकै सय’ शीर्षक दिएर कान्तिपुरले लेखखेको छ- एक महिनादेखि बिजुलीविहीन जुम्लामा जलविद्युत् आयोजना सञ्चालनमा ल्याउनुको साटो डिजेल ल्याइयो । तर प्लान्टबाट उत्पादित विद्युत् प्रतियुनिट सय रुपैयाँ पर्ने भएको छ ।

साना जलविद्युत् आयोजना बिगि्रएपछि जुम्लामा सांसद् विकास कोषबाट १६० किलोवाट र विद्युत् प्राधिकरणबाट ३ सय किलोवाटको डिजेल प्लान्ट ल्याइएको छ । यसको उत्पादनले खलंगाको विद्युत् आवश्यकता पूर्ति गर्न सक्छ । तर प्रतियुनिट ४ रुपैयाँ महसुल तिर्दै आएक्ा स्थानीयलाई सय रुपैयाँ तिर्नुपर्ने बाध्यता आइलागेको कान्तिपुर समाचारमा उल्लेख छ ।



from Online Khabar https://ift.tt/2YWWQ7q
via IFTTT

No comments:

Post a Comment