२६ साउन, झापा । माछापोखरीमा डुबेर एक झापामा एक बालकको ज्यान गएको छ ।
भद्रपुर–१० का १२ वर्षीय सुमन जोगीको शनिबार माछापोखरीमा डुबेर मृत्यु भएको हो ।
सोही वडामा रहेको विष्णु कन्ट्रक्सनको माछापोखरीमा शनिबार साँझ उनी मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
घरबाट १ बजेतिर निस्किएका सुमन साँझसम्म घर नफर्किएपछि खोज्दै जाँदा परिवारले नै पोखरीमा डुबेको अवस्थामा फेला पारेर प्रहरीलाई खबर गरेका थिए ।
उनको शव परीक्षणका लागि मेची अञ्चल अस्पताल भद्रपुरमा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताए ।
from Online Khabar https://ift.tt/2Mcsnf1
via IFTTT
No comments:
Post a Comment