Friday, August 16, 2019

नेकपा प्रदेश ५ का संयोजक ढकालको निवासमा बम विस्फोट

३१ साउन, बुटवल । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश ५ का सचेतक भूमेश्वर ढकालको निवासमा बम विस्फोट भएको छ ।

ढकालको सैनामैना नगरपालिका–७ स्थित निवासमा गएराति ३ वटा बम विस्फोट गराइएको हो ।

इलाका प्रहरी कार्यालय, बुटवलका डीएसपी भीमलाल भट्टराईले ढकालको निवासमा गएराति बम विस्फोट भएको पुष्टि गरे ।

बम ढकाल, उनका बाबुआमा सुत्ने कोठा र उनले प्रयोग गर्दै आएको लु १ ज ४५६ नम्बरको कारलाई लक्षित गरेर गराइएको प्रहरीले जनाएको छ । विस्फोटबाट कारको पछाडिको भागमा सामान्य क्षति पुगे पनि अप्रिय घटना नभएको प्रहरीले जनाएको छ ।

विस्फोटको समयमा ढकाल भने घरमा थिएनन् । स्वास्थ्यमा समस्या देखिएपछि उनी केही समयदेखि काठमाडौंको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका छन् ।

प्रमुख सचेतक ढकाल प्रदेशसभाको गाडी खरिद अनियमितता प्रकरणमा मुछिएका पात्र हुन् ।

बम विस्फोट कसले र किन गरायो भन्ने खुलेको छैन । प्रहरीले यसबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।



from Online Khabar https://ift.tt/2YPkrXL
via IFTTT

No comments:

Post a Comment