Tuesday, August 13, 2019

लिभरपुलका गोलकिपर एलिसन केही साता मैदान बाहिर

२८ साउन, काठमाडौं । लिभरपुलका गोलकिपर एलिसन बेकर केही साता मैदान बाहिर रहने भएका छन् ।

नयाँ सिजनअन्तर्गत शनिबार नर्विच सिटीविरुद्ध भएको खेलमा उनी चोटग्रष्त हुन पुगेका थिए । ४–१ गोलअन्तरले लिभरपुलले जित हात पारेको खेलमा उनी ३९औं मिनेटमा मैदानबाट बाहिरिएका थिए ।

लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले पिडुलामा चोट बोकेका कारण गोलकिपर एलिसन केही साता मैदान बाहिर रहने बताएका हुन् ।



from Online Khabar https://ift.tt/2Z1sfoz
via IFTTT

No comments:

Post a Comment