२१ भदौ, काठमाडौं । श्रीलंकाका क्रिकेटर मालिंगा टेस्ट, वनडे र टी-२० मा एकसय भन्दा बढी विकेट लिने विश्वकै पहिलो बलर बनेका छन् । उनी टी-२० मा एक सय विकेट लिने पहिलो बलर हुन् ।
टी-२० सिरिजको तेस्रो म्याचमा उनले न्यूजिल्याण्डविरुद्ध चार बलमा चार विकेट लिएर जिताए । सन् २००७ मा वनडे वर्ल्डकपमा पनि उनले दक्षिण अफ्रिकाविरुद्ध ४ बलमा चार विकेट लिएका थिए ।
टी-२० सिरिजको तेस्रो म्याचमा श्रीलंकाले पहिले खेल्दै ८ विकेटमा १२५ रन बनाएको थियो । जवाफमा न्युजिल्याण्ड १६ ओभरमा ८८ रनमा आउट भयो । यसरी श्रीलंकाले ३७ रनले म्याच जित्यो र सिरिज २-१ ले आफ्नो पक्षमा पार्यो ।
सो खेलमा मालिंगाले ६ रन दिएर ५ विकेट झारे । यो उनको टी-२०मा हालसम्मकै उत्कृष्ट प्रदर्शन हो । अन्तर्राष्ट्रिय क्रिकेटमा समग्रमा यो १०० औं ह्याट्रिक हो ।
मालिंगाको यो टी-२० मा दोस्रो ह्याट्रिक हो । कुनै पनि बलरले यस्तो खेल प्रदर्शन गर्न सकेका छैनन् । मालिंगाको यो अन्तर्राष्ट्रिय क्रिकेटमा पाँचौं ह्याट्रिक हो । मालिंगाले टेस्टमा १ सय १ र वनडेमा ३३८ विकेट लिएका छन् । यसअघि सबैभन्दा धेरै ह्याट्रिक लिने रेकर्ड पाकिस्तानका वसिम अकरमको नाममा थियो ।
from Online Khabar https://ift.tt/2LAp3Y7
via IFTTT
No comments:
Post a Comment