Wednesday, September 4, 2019

सेरेना यूएस ओपन टेनिसको सेमिफाइनलमा प्रवेश

१८ भदौ, काठमाडौं । सेरेना विलियम्स यूएस ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेकी छिन् ।

बुधबार विहान भएको क्वाटरफाइनलमा सेरेनाले चीनकी वाङ क्विङलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेकी हुन् । ३७ वर्षीय सेरेनाले क्विङलाई पराजित गर्न ४४ मिनेट मात्र समय खर्चिइन् ।

सेरेनाले ६-१ र ६-० को सहज जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेकी हुन् । सेरेनाले अब फाइनल प्रवेशका लागि इलिना भिटोलिनासँग प्रतिस्पर्धा गर्नेछिन् ।

भिटोलिनाले पनि क्वाटरफाइनलमा जाहना कोन्टालाई ६-४ र ६-४ को सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेकी हुन् ।



from Online Khabar https://ift.tt/2zKBuLA
via IFTTT

No comments:

Post a Comment