३० असोज, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को विश्व सम्मेलन लम्बिएको छ । बुधबार राति स्थगित भएको पदाधिकारीहरुको निर्वाचन बिहीबार बिहान १० बजेदेखि हुने जनाइएको छ ।
एनआरएनएका केन्द्रीय पदाधिकारीका लागि बुधबार राति ७ बजेदेखि मतदान गर्ने भनिएको थियो । विश्वभरिबाट काठमाडौंको ह्यात होटलमा भेला भएका प्रतिनिधिहरु मतदानका लागि लाइनमा बसिसकेपछि राति मतदान स्थगनको घोषणा गरिएको थियो ।
विद्युतीय मतदान गर्ने भोटिङ मेसिन बिग्रिएकाले मतदान स्थगित गरिएको आयोजकहरुले बताए पनि आन्तरिक विवादका कारण भोटिङ रोकिएको स्रोतको भनाइ छ ।
यो पनि पढ्नुहोस एनआरएनएको नयाँ नेतृत्वका लागि को को छन् उम्मेदवार ?सम्मेलनमा विधानविपरीत प्रतिनिधिहरुको घुसपैठ भएको भन्दै एक पक्षले उजुरी दिएका कारण मतदान रोकिएको असन्तुष्ट पक्षको भनाइ छ ।
मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको एनआरएनएको नवौं विश्व सम्मेलन विहीबारसम्म चल्ने र प्रधानमन्त्री केपी शर्मा ओलीले समापन गर्ने कार्यसूची छ ।
यो पनि पढ्नुहोस एनआरएनएको चुनाव होस्, पार्टीको नहोस्
from Online Khabar https://ift.tt/2MGsM72
via IFTTT
No comments:
Post a Comment