११ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इस्लामिक स्टेटका संस्थापक अबु बकर अल बगदादी मारिएको बताएका छन् । आइतबार ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले यो जानकारी दिएका हुन् । अमेरिकी सेनाले सिरियामा गरेको स्पेशल अपरेशनको क्रममा बगदादी मारिएको ट्रम्पको भनाइ छ ।
ट्रम्पको भनेका छन्- शनिबार राति अमेरिकी सेनाले सिरियामा एक सैन्य कारबाही गर्यो । सो क्रममा बगदादीले आत्मघाती ज्याकेट बम पड्काएर आफूले आफैंलाई उडाए ।
ट्रम्पले भनेका छन्, ‘अबु बकर अल बगदादीको मृत्यु भइसकेको छ । उनी इस्लामिक स्टेटको संस्थापक थिए । यो विश्वकै सबैभन्दा हिंस्रक र क्रूर संगठन हो । अमेरिकाले धेरै वर्षदेखि बगदादीलाई खोजी रहेको थियो । बगदादीलाई जिउँदै पक्रने वा मार्ने मेरो सरकारको सबैभन्दा पहिलो प्राथमिकता थियो । अमेरिकी सेनाको विशेष टोलीले उत्तर पश्चिम सिरियामा रातिमा एक साहसिक र खतरनाक अभियान चलायो र शादारपूर्वक सफल भयो ।’
ट्रम्पले यो अपरेशनमा कुनै पनि अमेरिकी सैनिक नमारिएको पनि बताए । उनले बगदादीका धेरै अनुयायी मारिएको र केहीलाई पक्राउ गरिएको जानकारी दिए । ट्रम्पका अनुसार यो अपरेसनको क्रममा अमेरिकी सेनालाई ‘अत्यन्तै संवेदनशील’ सूचना पनि प्राप्त भएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले यो अपरेशन सफल बनाउन सहयोग गरेको भन्दै रुस, टर्की र सिरियालाई धन्यवादसमेत दिएका छन् ।
from Online Khabar https://ift.tt/2qRKihL
via IFTTT
No comments:
Post a Comment