२९ कात्तिक, काठमाडौं । इंग्ल्यान्ड युरो कप फुटबल २०२० को लागि छनोट भएको छ ।
बिहीबार राति भएको खेलमा मोन्टेनेग्रोलाई ७-० गोलको फराकिलो अन्तरले पराजित गर्दै इंग्ल्यान्ड युरो कपमा छनोट भएको हो ।
घरेलु टोली इंग्ल्यान्डलाई युरो कपमा प्रवेश गराउने क्रममा कप्तान ह्यारी केनले ह्याट्रिक गोल गरे । खेलको ११औं मिनेटमा गोल गर्दै अग्रता बनाएको इंग्ल्यान्डका लागि केनले १८औं, २४औं र ३७औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे ।
त्यस्तै, मार्कुस राष्फोर्डले खेलको ३०औं मिनेटमा गोल गर्दा इंग्ल्यान्ड पहिलो हाफमा नै ५-० गोलको अग्रतामा पुगेको थियो ।
खेलको ६६औं मिनेटमा मोन्टेनेग्रोका खेलाडीले आत्मघाती गोल गरेपछि अग्रतालाई ६-० मा पुर्याएको इंग्ल्यान्डले खेलको ८४औं मिनेटमा गोल गरेपछि खेल ७-० ले जितेको हो ।
समूह ‘ए’ मा रहेको इंग्ल्यान्डले सात खेलबाट १८ अंक बनाउँदै छनोट भएको हो ।
from Online Khabar https://ift.tt/32O6nuT
via IFTTT
No comments:
Post a Comment