२९ कात्तिक, काठमाडौं । लक्ष्मी बैंकको सहायक कम्पनी लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिका अध्यक्षमा जिवन प्रकाश लिम्बु (थेवे) चयन भएका छन् ।
यस अघि लक्ष्मी बैंकका नायव प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाह लघुवित्तको अध्यक्ष थिए ।
शाह बैंकको सीईओ भए पछि सञ्चालक समितिको पदमा बहाल रहन नमिल्ने नीतिगत ब्यवस्था बमोजिम अध्यक्षमा लिम्बुलाई चयन गरिएको हो ।
अध्यक्ष (थेवे) ले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेल समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरी कार्यभार समेत सम्हालिसकेका छन् ।
यसै गरी लक्ष्मी बैंकबाट प्रतिनिधित्व हुने गरी अजय विक्रम शाहको बदलामा अमित शर्मा र चाँदनी झाकाे ठाउँमा अनिता उपाध्यायलाई लक्ष्मी बैंकले सञ्चालक समितिमा मनोनयन पनि गरेको छ ।
लक्ष्मी लघुवित्त, लक्ष्मी बैंक लिमिटेडको सहायक कम्पनी हो ।
from Online Khabar https://ift.tt/2PWm3d8
via IFTTT
No comments:
Post a Comment