Thursday, November 15, 2018

ईपीएलले पायो आईसीसी मान्यता

२९ कात्तिक, काठमाडौं । एभरेस्ट प्रिमियर लिग (इपीएल) क्रिकेटले २०१८ को नयाँ सिजनको लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) बाट मान्यता पाएको छ ।

आवश्यक सबै कागजातसहित रकम बुझाएर प्रक्रिया पूरा गरेपछि ईपीएलले आईसीसी मान्यता पाएको हो । सबै कर तिर्दा र डलरको मूल्य बढेकाले २७ लाख ५० हजार रुपैयाँ बुझाउनु परेको आयोजकले जनाएका छन् ।

उक्त रकम नेपाली क्रिकेटकै विकासमा प्रयोग हुने आईसीसीलाई उधृत गर्दै ईपीएल प्रबन्ध निर्देशक आमिर अख्तरले जनाएका छन् ।

नेपाल क्रिकेट संघ निलम्बनमा रहेकाले मान्यताका लागि आईसीसीसम्म पुग्नुपरेको हो । इपीएलले मान्यता पाएको सबै आईसीसी सदस्य राष्ट्रमा आईसीसीले नै जानकारी गराउने छ ।



from Online Khabar https://ift.tt/2DpEAYG
via IFTTT

No comments:

Post a Comment