४ पुस, मंसिर, काठमाडौं । नेपालले युएईसँग एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेल्ने लगभग पक्का जस्तै भएको छ ।
नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज युएईसँग खेल्ने पक्का पनि मिति भने तय भइसकेको छैन । नेपाली क्रिकेट टिमका म्यानेजर रमन शिवाकोटीले युएईसँग नेपालले खेल्ने पक्का भएको बताए । उनले भने ‘युएईसँग खेल्ने हाम्रो प्रस्ताव आईसीसीले स्वीकारेको हो । अब हामी युएईसँग खेल्ने छौ तर मिति तय हुन बाँकी छ ।’
यता, नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षकले अक्टोबर-नोभेम्बरमा नै कुनै टिमसँग एक दिवसीय सिरिज खेल्ने अनुमति दिन आईसीसीलाई पत्र पठाएको बताए ।
नेपालले युएईसँग दुई खेलको एक दिवसीय अन्तर्राष्ट्रिय र दुई खेलको टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेल्ने सम्भावना रहेको छ ।
गत मार्चमा नेपालले जिम्बाब्वेमा सम्पन्न विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गर्दै एक दिवसीय मान्यता पाएको थियो । त्यसयता नेपालले नेदरल्यान्ड्ससँग मात्रै दुई खेलको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेलको छ । १-१ को बराबरीमा सिरिज टुंग्याएको नेपालले ऐतिहासिक सफलता हात पारेपनि ठूला सिरिजहरु खेल्न पाइरहेको छैन ।
from Online Khabar https://ift.tt/2SVrHtJ
via IFTTT
No comments:
Post a Comment