Wednesday, December 19, 2018

अर्थमन्त्रीले चिनी उद्योगीलाई भने-उपभोक्ता हितबारे पनि सोच्नुस्

४ पुस, काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले उपभोक्ताको हितबारे सोच्न चिनी उद्योगीलाई आग्रह गरेका छन् ।

बुधबार प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा बोल्दै अर्थमन्त्री खतिवडाले उद्योगीलाई सरकारले गर्नु पर्नु सहयोग गरेको भन्दै उपभोक्ता हितबारे सोच्न उनले उद्योगीलाई आग्रह गरेका हुन् ।

‘तपाईंहरूको लागि सरकारले सहुलियत दिएको छ, आवश्यक सहयोग पनि सरकारले गर्छ । तर तपाईहरुले सहुलियत पाएपछि उपभोक्तालाई पनि त सहुलियत दिनु पर्यो नि,’ चिनी उद्योगीलाई उनले भने ।

‘१५ प्रतिशतबाट भन्सार महशुल बढाएर ३० प्रतिशत बनायौ, अब उद्योगीले यो कुरालाई मनन गर्नु पर्छ,’ अर्थमन्त्री खतिवडाले भने, ‘खुला बजार अर्थतन्त्रमा धेरै समय भने यसरी संरक्षण गर्न सक्दैनौं ।’



from Online Khabar https://ift.tt/2CnIlgl
via IFTTT

No comments:

Post a Comment