अमेरिकी विद्वान नोम चोम्स्की विश्वका १० चर्चित जीवित विद्वानमध्ये एक मानिन्छन् । १० मध्ये ज्युँदा विद्वानचाहिँ चोम्स्की मात्र हुन् । प्लेटो, अरिस्टोटलबाट सुरु हुने १० को सूचिमा चोम्स्की मात्रै जीवित छन् । उनी अहिले ९१ वर्षका भएका छन् ।
सन् २००५ मा उनी पब्लिक भोटिङका आधारमा दुनियाँकै शीर्ष ‘पब्लिक इन्टलेक्चुअल’ चुनिएका थिए । केही वर्षअघि गरिएको एउटा सर्वेक्षणले अध्ययन, अनुसन्धानमा सन्दर्भका रुपमा प्रयोग गरिने सामाग्रीहरुमा संसारका आजसम्मकै दश महान विद्वानहरूमा चोम्स्की आठौँ स्थानमा रहेको देखिएको थियो ।
चोम्स्कीको यो लेख शीतयुद्धको उत्कर्ष र अमेरिका विश्वका थुप्रै मोर्चामा विभिन्न नाममा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा युद्धमा भिडिरहेको पृष्ठभूमिमा अमेरिकी बुद्धिजिवीहरूको भूमिकाबारे आलोचना गरी पहिलोपटक १९६६ मा प्रकाशित भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धिजीवीहरूको सम्बन्धमा दिएको अभिव्यक्तिसँग पनि यो कुराको मेल खान्छ ।
चोम्स्कीको यो लेख त्रिभुवन विश्वविद्यालय भाषा विज्ञानका अध्यापक राम लोहनीले अनुवाद गरेका हुन्-
बीस वर्षअघि डि्वट म्याक्डोनाल्डले पोलिटिक्समा जनताको उत्तरदायित्व, अझ विशेष गरेर बौद्धिक वर्गको उत्तरदायित्व,का बारेमा श्रृफ्लाबद्ध लेखहरू प्रकाशित गराएका थिए । दोस्रो विश्वयुद्धको लगत्तै पछि स्नातकको विद्यार्थी छँदा नै मैले ती लेखहरू पढेको थिएँ । र, हालैको केही महिनाअघि त्यसलाई फेरि पढ्ने अवसर जुर्यो । मलाई ती लेखहरू अझै पनि पाठकलाई आश्वस्त गराउने कार्यमा उत्तिकै सफल रहेको अनुभूति भएको छ ।
म्याक्डोनाल्डको मुख्य चासो युद्धको उत्तरदायित्वलाई लिएर रहेको देखिन्छ । जर्मनी र जापानका जनतालाई तिनका सरकारले गरेको नृशंसताप्रति कति जिम्मेवार ठहर्याउन सकिन्छ ? उनले यस्तै शैलीमा त्यही प्रश्न हामीतिर पनि तेर्स्याएका छन् ।
पश्चिमा प्रजातन्त्रले सिद्धता प्राप्त गरेको, सर्वसाधारण जनतालाई पटकपटक आतङ्कति पार्ने र हिरोसिमा एवम् नागासाकीमा उत्कर्षमा पुगेको युद्ध प्रविधिका लागि बेलायती र अमेरिकी जनता कति उत्तरादायी होलान् ? तीसको दशकको आतङ्क, इथियोपियाको युद्ध, सोभियत रुसमा भएको विपक्षीको सफाया, ‘चिनियाँ घटना’, स्पेनको गृहयुद्ध, नाजीहरूको नृशंसता, यी विविध घटनाहरूप्रति पश्चिमाहरूको प्रतिक्रिया र पर्दा पछाडि रहेको उनीहरूको आंशिक सहभागिता समेतले १९४५/४६ मा राजनैतिक र नैतिक चेतनाको निर्माण गरेको थियो । यस्तो चेतना युक्त र विश्वविद्यालयमा स्नातक पढ्दै गरेको जो कोहीलाई पनि उल्लेखित प्रश्नहरू विशेष महत्वका र उत्तेजित गराउने खालका नै हुन्थे ।
बौद्धिक वर्गको उत्तरदायित्वको साथसाथै, थप उत्तेजित गराउने अरू प्रश्नहरू पनि छन् । बौद्धिक वर्ग सरकारका झूटलाई पर्दाफास गर्ने, घटनाहरूलाई तिनको कारण तथा लक्ष्य र गुप्त उद्देश्यका आधारमा विश्लेषण गर्न सक्ने हैसियतमा रहेका हुन्छन् । कम्तिमा, पश्चिमी जगतका तिनीहरूसँग राजनैतिक स्वतन्त्रता, सूचनामाथिको पहुँच र अभिव्यक्ति स्वतन्त्रताबाट प्राप्त शक्तिको पनि साथ छ । पश्चिमा प्रजातन्त्रले थोरै संख्याकै भए पनि केही प्रबुद्धहरूलाई तोडमरोड तथा झूट, वैचारिक आदर्श, र वर्गीय स्वार्थ जस्ता आवरणभित्र राखेर प्रस्तुत गरिएका समकालीन इतिहासका घटनापछाडि रहेका सत्यतथ्यलाई पर्गेल्ने तालिम र त्यसका लागि फुर्सद तथा सुविधा दुबै उपलब्ध गराएको छ ।
त्यसकारण, विशिष्ट अधिकारको उपभोग गरिरहेका यस्ता बौद्धिक वर्गको उत्तरदायित्व म्याक्डोनाल्डले सङ्केत गरेको “जनताको उत्तरदायित्व” भन्दा पनि धेरै गहिरो छ ।
म्याक्डोनाल्डले बीस वर्षअघि उठाएका मुद्दाहरू त्यो बेला जस्तै अहिले पनि उत्तिकै सान्दर्भिक छन् । भियतनामका असहाय ग्रामीण जनतामाथि अमेरिकाले गरेको बर्बर आक्रमणको लागि अमेरिकी जनता कति उत्तरदायित्व छन् भन्ने प्रश्न स्वयंलाई सोध्नबाट हामी सजिलै पन्छाउन सक्दैनौँ ।
एसियालीहरूका लागि विश्व इतिहासको ‘भास्को डा गामा युग’ लाई सम्झाउने अर्को नृशंसता हो यो । बितेको १२/१५ वर्षमा बिस्तारै आकार लिँदै गरेको यो महाविनाशप्रति मौन र उदासीन रहने हामीलाई इतिहासले आˆनो पानामा कस्तो स्थान उपलब्ध गराउला ? अति असम्वेदनशील व्यक्ति मात्र यी प्रश्नबाट मुक्त हुन सक्छन् ।
बौद्धिक वर्गको उत्तरदायित्व र ६० को दशकको मध्यतिर उनीहरूले यस उत्तरदायित्वलाई कसरी सामना गर्दैछन् भन्ने बारेमा छिटपुट टिप्पणी गरेर म फेरि उनीहरूको बारेमा थप चर्चा गर्ने छु ।
बौद्धिक वर्गको उत्तरदायित्व सत्य कुरा बताउनु र झूटको पर्दाफास गर्नु हो । विना टिप्पणी स्वीकार्नु पर्ने सत्य जस्तो लाग्छ, मलाई यो कुरा । तर, त्यसो होइन । आधुनिक बौद्धिक वर्गका लागि यो पटक्कै स्वाभाविक कुरा होइन । मार्टिन हाइडेगरले हिटलरको पक्षमा गरिएको १९३३ को घोषणाको समर्थनमा व्यक्त ‘जे कुराले मानिसलाई आˆनो काम र ज्ञानमा निश्चिन्त, सुस्पष्ट र मजबुत बनाउँछ, त्यसलाई उजागर गर्ने तथ्य नै उनीहरूका लागि सत्य हो’ भनाइ त्यसै अनुरूपको हो ।
यस्तै प्रकारको ‘सत्य’ मात्र व्यक्त गर्नका लागि मानिसहरू जिम्मेवार छन् । अमेरिकीहरू यथासम्भव प्रष्ट हुन खोज्छन् । १९६५ को नोभेम्बरमा आर्थर स्लेसिन्जरलाई पिग्सको खाडीको घटना -१९६१ मा क्युबाली नेता फिडेल क्यास्ट्रोलाई अपदस्त गर्न पिग्सको खाडी हुँदै आˆना सेना क्युबा पठाउने अमेरिकाको असफल प्रयास) बारे उनले प्रकाशन गरेको विवरण र आक्रमणको समयमा प्रेसलाई दिएको जानकारीमा भएको विरोधाभाषको बारेमा न्युयोर्क टाइम्सले सोधेको प्रश्नमा उनले प्रष्ट रूपमा आफूले झूटो बोलेको स्वीकारेका थिए । केही दिनपछि उनले ‘राष्ट्रिय स्वार्थ’ का लागि आक्रमणको योजनाको सूचना चुहिनबाट रोकेकोमा टाइम्सको प्रशंसा पनि गरे ।
केनेडी प्रशासनका बारे आˆनो पछिल्लो विवरणमा स्लेसिङ्गरले केही मानिसहरुका बारे बढाइचढाई गरेर चित्रित गरेका थिए । ‘राष्ट्रिय स्वार्थ’ को यस प्रकारको परिभाषा स्लेसिङ्गरद्वारा प्रशंसित तिनै अहंकारी र दिग्भ्रमित मानिसहरूले दिएका थिए । कुनै खास घटना अविवेकपूर्ण हो भन्ने जान्दाजान्दै त्यसको पक्षमा झुटो विवरण दिएर आफूलाई सन्तुष्ट ठान्ने मानिस खासै महत्वको विषय हुँदैन । तर, त्यस्ता घटनाले बौद्धिक वर्गलाई एकदमै कम उत्तेजित गर्छ भने यो चाहिँ विशेष महत्वको कुरा हुन जान्छ । उदाहरणका लागि, अमेरिकाले छिमेकी राष्ट्रमा गराएको प्रायोजित आक्रमण त्यस प्रकारको हुँदै होइन भनेर विश्वलाई आश्वस्त पार्नुलाई आˆनो कर्तव्य ठान्ने इतिहासविदलाई मानविकी विभागको प्रमुख पदमा नियुक्ति दिँदा केही अनौठो भएको छ भन्ने उनीहरूलाई कुनै अनुभूति नै हुँदैन भने त्यो चासोको विषय हुन्छ ।
भियतनामको व्यवस्थापनको नाममा हाम्रो सरकार र यसका प्रवक्ताले खडा गरेका झूटका गज्जबका शृफ्ला नि? चासो राख्ने सबैलाई सत्यतथ्य छर्लङ्ग नै छ । झूटलाई ठाडै अस्वीकार गर्ने प्रमाणहरू घरेलु र विदेशी दुबै प्रेसले सार्वजनिक गरिरहेका छन् । तर सरकारी प्रचारप्रसारका साधनहरू यति शक्तिशाली छन् कि सम्बन्धित विषयको अनुसन्धान परियोजनामा संलग्न नभएका सर्वसाधारण नागरिकहरू सरकारी घोषणालाई तथ्यसँग भिडाएर हेर्ने कल्पना पनि गर्न सक्दैनन् ।
भियतनाममाथि अमेरिकी आक्रमण सम्बन्धी कपट र तोडमरोड अहिले यति सुविदित छ कि यिनीहरूले मानिसलाई झस्काउने सामर्थ्य समेत गुमाइसकेका छन् । त्यसकारण, छिद्रान्वेषणका नयाँ नयाँ तहहरू स्थापित हुँदै गए पनि ठ्याक्कै उस्तै प्रकृतिका पूर्ववर्ती घटनाहरूलाई मुलुकबासीले चुपचाप स्वीकारिसकेका हुन्थे भन्ने कुरा यहाँ स्मरणीय छ ।
सन् १९५४ को ग्वाटेमाला आक्रमणको समयका सरकारी वक्तव्य र त्यसको एक दशकपछि आएको अमेरिकी जहाज “आक्रमणकारीहरूलाई सहयोग गर्न” पठाइएको थियो भन्ने आइजनहावेरको साविति – ठ्याक्क भन्नु पर्दा फाइँफुट्टी – तुलना गर्नु उपयुक्त हुनेछ । सङ्कटको समयमा मात्र दोहोरो मापदण्डलाई स्वाभाविक ठानिन्छ भन्ने कुरा पनि होइन । जस्तो कि, “न्यु फन्टायर्स्मिन” -राष्ट्रपति जोन एफ. केनेडीको महत्वाकांक्षी योजनामा सहायक अग्रदस्ता) लाई समकालीन गतिविधिको लागि “प्रचारप्रसार सहकर्मी” बन्न अनुरोध नगरिएको भए पनि उनीहरूले आफूलाई ऐतिहासिक सत्यताप्रति विशेष चासो भए जस्तो पनि देखाएका छैनन् ।
उदाहरणका लागि, आर्थर स्लेसिन्जरले १९६५ को प्रारम्भमा उत्तरी भियतनाममा गरिएको बम आक्रमण र सैनिक सहायताको उच्च बृद्धिलाई ‘विवेकपूर्ण तर्क’ मा आधारित भनेर वर्णन गरेका छन् वक्तव्यको मिति अर्थपूर्ण छ । यही वक्तव्य ६ महिनाअघि आएको भए यसलाई सजिलै अज्ञानताको पगरी गुँथाउन सकिन्थ्यो । तर, यो वक्तव्य फेब्रुअरी १९६५ को उक्त सैनिक सहायता वृद्धि गरिनुभन्दा अघि सुरु भएर बमबारी सुरु भएपछिको केही हप्तासम्म निरन्तर जारी संयुक्त राष्ट्र संघ, उत्तरी भियतनाम र सोभियत संघले गरेका प्रयासको बिस्तृत विवरण पत्रपत्रिकाका मुखपृष्ठमा प्राथमिकतासाथ प्रकाशन भएको महिनौँपछि आएको थियो ।
उक्त समाचार रिपोर्ट जानकारीमा आएका आश्चर्यजनक छलकपटको कारण खस्किएको परिस्थिति आँकलन गर्न युद्धस्तरमा लागि पर्ने वासिङ्टनका सम्वाददाताहरूको महिनौँको गहन खोजबाट प्रकाशित भएको थियो ।
-उदाहरणको लागि, साल्मर रोबर्टले स्वतस्स्फूर्त व्यङ्गको रूपमा १९६५ को फेब्रुअरीको अन्ततिर “वासिङ्गटनलाई वार्ताको लागि उपयुक्त समय हो भन्ने नै लागेको थिएन, ृकिनभनेे राष्ट्रपति जोनसनले … दुबै पक्षका रणनैतिक दाउलाई वार्ता टेबुलमा आमने-सामने गराउने उद्देश्यले हनोइलाई वार्तामा ल्याउने प्रयासस्वरूप उत्तरी भियतनाममा पहिलो बम आक्रमण गर्न भर्खरै मात्र आदेश दिएका थिए” भनेर लेखेका थिए ।) स्लेसिन्जरको व्यक्तव्य यो समयमा आउनु यस्ता गतिविधिको समर्थन नगरे पनि चुपचाप सहिष्णु बनून भन्ने अपेक्षा गरिएका सर्वसाधारण जनतालाई धोखा मात्र नभएर, उनीहरूको घोर अपमान नै हो ।
नीति निर्माण तथा त्यसको कार्यान्वयनको नजिक रहेकामध्येका वाल्ट रोस्टो -१९६६-१९६९ सम्म अमेरिकी राष्ट्रपति लिन्डन जोन्सनका परराष्ट्र मामिलाका विशेष सल्लाहकार) को धारणालाई ध्यान दिउँ । स्लेसिन्जरका अनुसार रोस्टोले केनेडी प्रशासनमा विदेश मामिला सञ्चालन सम्बन्धी “बिस्तृत ऐतिहासिक दृष्टिकोण” भित्र्याएका थिए ।
उनको विश्लेषणअनुसार, इन्डोचाइनामा छापामार युद्ध स्टालिनले १९४६ मा प्रवेश गराएका थिए, र हनोइले दक्षिण भियतनाम विरुद्ध १९५८ मा छापामार युद्ध प्रारम्भ गरेको थियो (द भ्यु फाम द सेभेन्थ ˆलोर, पृ. ३९ र १५२) । त्यसै गरी, कम्युनिस्ट योजनाकारहरूले १९४५ मा सावधानीपूर्वक लागू गरेको योजना कार्यान्वयन गर्ने क्रममा उत्तरी अजरबैजान र गि्रसमा -जहाँ स्टालिनले “सारवान् छापामार युद्धलाई सहयोग गरेका थिए” (उही, पृ. ३६ र १४८) “स्वतन्त्र विश्व प्रतिरक्षा बिस्तार” को परीक्षण गरेका थिए । र मध्य युरोपको सम्बन्धमा, सोभियत संघ “पूर्वी जर्मनीमा साम्यवादको सुस्त क्षयीकरणको जोखिम मोलेर मध्य-युरोपमा विद्यमान खतरनाक तनावलाई सदाको लागि हटाउने समाधान मान्न तयार” थिएन (उही, पृ. १५६) ।
यो पर्यवेक्षणलाई साँच्चै नै ऐतिहासिक घटनाहरूसँग मतलब राख्ने विद्वानहरूको अध्ययनसँग तुलना गर्नु चाख लाग्दो हुन्छ । स्टालिनले १९४६ मा भियतनाम युद्ध सुरु गरेका थिए भन्ने टिप्पणी त खण्डन गर्न पनि योग्य छैन । १९५८ को हनोइ -उत्तरी भियतनामको राजधानी) को तथाकथित युद्ध प्रारम्भको कुरा त झन् अस्पष्ट छ । तर सरकारी स्रोतहरूले समेत १९५९ मा हनोइलाई ङो दिन जिएम -दक्षिण भियतनामका राष्ट्रपति, १९५५-१९६३) ले -उक्त सङ्घर्षलाई) आˆनै अल्जेरियन युद्ध -अल्जेरियाले प|mान्सको उपनिवेशबाट मुक्त हुन गरेको स्वतन्त्रता युद्ध १९५४-१९६२, फ्रान्सको उपनिवेशबाट भर्खरै मुक्त भियतनाम अल्जेरियाले फ्रान्सविरुद्ध गरेको युद्धसँग राम्रैसँग परिचित थियो र त्यसैले उपमाको रूपमा प्रयोग भएको) भनेर सङ्केत गरेको व्यहोराको ठाडो प्रतिवेदन प्राप्त भएपछि मात्र तिनीहरूले आफूलाई यो सङ्घर्षमा होम्ने योजना बनाएको स्वीकारेको छ । वास्तवमा, हनोइले साइगोन सरकारसँग सहअस्तित्वको आधारमा कूटनैतिक एवम् व्यापारिक सम्बन्ध स्थापित गर्न गरेको थुप्रै प्रयासहरूको क्रममा डिसेम्बर १९५८ मा अर्को एउटा प्रयास गरेको थियो, जसलाई साइगोन -दक्षिण भियतनामको राजधानी) र संयुक्त राज्य अमेरिकाले ठाडै अस्वीकार गरिदिएका थिए । रोस्टोले गि्रसेली छापामार योद्धा -१९४६-१९४९ को गृहयुद्धमा कम्युनिस्ट पार्टीका योद्धा) लाई स्टालिनले सहयोग गरेको प्रमाण प्रस्तुत गरेका पनि छैनन् । वास्तवमा, यद्यपि ऐतिहासिक अभिलेखहरू त्यति प्रष्ट त छैनन्, स्टालिन गि्रसेली छापामार योद्धाहरूको साहसबाट पटक्कै खुसी थिएनन् भन्ने देखिन्छ । किनभने स्टालिनको कोणबाट हेर्दा यिनीहरूले युद्धोत्तर साम्राज्यवादी व्यवस्थापनलाई खल्बल्याइरहेका देखिन्थे ।
रोस्टोको जर्मनीको बारेको टिप्पणी झन् बढी चाख लाग्दो छ । एकीकृत जर्मनीलाई पश्चिमी सैनिक सङ्गठनमा प्रवेश गर्ने अनुमति नदिने प्रत्याभूति दिने हो भने अन्तर्राष्ट्रिय सुपरीवेक्षणको मतदानमार्फत जर्मनीको एकीकरण गर्ने र एक वर्षभित्र सबै सेना फिर्ता बोलाउने रुसको मार्च (अप्रिल, १९५२ को प्रस्तावलाई उल्लेख गर्नुलाई समेत पनि यिनी उपयुक्त ठान्दैनन् । साथै आफैले गरेको ट्रुमान र आइजनहावेर प्रशासनको रणनीतिको चित्रणलाई पनि यिनले तुरुन्तै बिर्सिसकेका छन् स् “पश्चिमले सङ्गठित युरोपेली ढाँचाअनुसार पुनर्सस्त्रीकरण भएको जर्मनी मार्फत मस्कोसँग सामना गर्न नसक्दासम्म सोभियत संघसँग कुनै पनि गम्भिर वार्तालाई पन्छाउँदै जाने – अपरिवर्तनीय घटना जस्तो ।” निश्चित रूपमा यो पोट्सड्याम सम्झौता (दोस्रो विश्वयुद्धपछि जर्मनीको भविष्यलाई लिएर संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य र सोभियत संघबीच भएको सम्झौता) को बर्खिलाप थियो ।
सबैमध्ये पनि रोस्टोले उल्लेख गरेको इरानको सन्दर्भ अझ चाख लाग्दो छ । तथ्य के हो भने रुसले उत्तरी अजरबैजानमा जबरजस्ती सोभियत-मुखी सरकार स्थापना गराउने प्रयास गरेको थियो । यसले सोभियत संघलाई इरानको तेलसम्म पहुँच दिन्थ्यो । शक्तिशाली अङ्ग्रेज-अमेरिकन सैन्यबलले १९४६ मा यसलाई ठाडै अस्वीकार गरिदियो । यही निहुँमा झन् ठूलो साम्राज्यवाद आफैले पश्चिमा-मुखी सरकार स्थापना गरेर इरानी तेलमाथि सम्पूर्ण कब्जा जमायो । इरानको तेल इरानी जनताकै हुनुपर्छ भन्ने उत्साहपूर्ण विचारका साथ १९५० को दशकको सुरुतिर केही समयको लागि बहुमत जनताद्वारा समर्थित एक मात्र इरानी सरकारको अभ्यास सुरु भएपछि के भयो भन्ने हामीलाई सम्झना हुन्छ । उत्तरी अजरबैजानलाई “स्वतन्त्र विश्व प्रतिरक्षा बिस्तार” को अङ्गको रूपमा वर्णन गरेको प्रसङ्ग झन् रमाइलो छ । “स्वतन्त्र विश्व” भन्ने पदावलीको अवमूल्यनमाथि टिप्पणी गर्नु बेकार छ । तर प्राकृतिक सम्पदाले सम्पन्न इरान कुन प्राकृतिक कानूनअनुसार पश्चिमा आधिपत्यभित्र पर्छ? यसले स्वीकार्ने सोझो निष्कर्ष नै विदेश मामिला सञ्चालनसम्बन्धी स्थापित अवधारणाको छर्लङ्ग हुने पाटो हो ।
सत्यतथ्यप्रतिको बढ्दो उदासीनताका साथसाथै पछिल्ला वक्तव्यहरूमा अमेरिकी गतिविधि सम्बन्धी वास्तविक र हावादारी दुबै खालका टिप्पणीहरू पनि सुन्न थालिएको छ । र, यो पत्याउनै नसकिने अनुपातमा पुगिसकेको छ । उदाहरणका लागि, स्लेसिन्जरले भर्खरै हाम्रो १९५४ को भियतनामी नीतिलाई ‘हाम्रो अन्तरराष्ट्रिय सद्भावको सामान्य कार्यक्रमको एउटा अंग’ को रूपमा चित्रित गरेका छन् । व्यङ्गको रूपमा व्यक्त गरिएको हैन भने यस्तो भनाइले या त भयङ्कर द्वेषलाई प्रदर्शन गर्छ, या त समकालीन इतिहासका आधारभूत गतिविधिलाई ग्रहण गर्ने क्षमतामाथि टिप्पणी गर्नसमेत नसुहाउने अवस्थाको सङ्केत गर्छ ।
थमस सेलिङले जेनवरी २७, १९६६ मा संसदीय विदेश मामिला समितिसमक्ष सम्पूर्ण एसिया कम्युनिस्टमय हुँदाका दुई ठूला खतराको चर्चा गर्दै दिएको वयानलाई के अर्थमा लिने ? सेलिङका अनुसार पहिलो खतरा, यसले ‘संयुक्त राज्य अमेरिका र हामीले भन्ने गरेको पश्चिमी सभ्यतालाई दरिऽ, काला र हामी विरुद्ध खनिन सक्ने मानिसहरूले ओगटेको विश्वको ठूलो भूभागबाट’ विस्थापित गर्नेछ । दोस्रो खतरा, अविकसित मुलुकहरूमा सभ्यता, समृद्धि र प्रजातान्त्रिक सरकारको आधार निर्माण गर्न सुरु गरेको आजसम्मकै महानतम कार्यलाई असफल वा पुनर्प्रयासको आँट नै गर्न नसकिने अभ्यास भनेर स्वीकार गर्नुपर्यो भने संयुक्त राज्य अमेरिका जस्तो मुलुकले आˆनो आत्मविश्वासलाई सम्भवतस् कायम राख्न सक्ने छैन ।” अमेरिकी विदेश नीतिको इतिवृत्तको थोरै मात्र जानकारी राख्ने जो कसैले यस्तो वयान दिन्छ भने यसले आम विश्वासलाई नै डग्मगाइदिन्छ ।
विषयलाई बृहत ऐतिहासिक दृष्टिकोणले हेरेनौँ र यस्ता वक्तव्यहरूलाई विगतको पाखण्डी नैतिकताको पृष्ठभूमिबाट बुझ्न खोजेनौँ भने ल्याटिन अमेरिकीहरूलाई असल शासनको कला सिकाउन प्रयास गर्ने र औपनिवेशिक जनताहरूलाई ‘विधि र आत्म-अनुशासन … रे … कानुन र कर्तव्यको अभ्यास तथा बानी’ बसाउने ‘विशिष्ट दायित्व हाम्रो’ हो भनेर कुर्लने वुड्रो विल्सन -१९०२) जस्ताको विश्वासलाई समेत यस्ता भनाइले परास्त गरिदिन्छ । अथवा, घृणित तथा निकृष्ट अफिम युद्ध (१८३९-१८४२, बेलायती साम्राज्य र चीनबीच अफिसको व्यापारमाथिको नियन्त्रणलाई लिएर भएको पहिलो युद्ध) लाई समेत ‘बाहृय संसारसँग अलग तुल्याउने पर्खाल भत्काएर चिनियाँ साम्राज्यलाई पश्चिमी तथा इसाई मुलुकहरूको एकदमै नजिक पुर्याउन चीनप्रति आˆनो करुणा व्यक्त गर्ने उद्देश्यमा मान्छेभित्रको दुष्टतालाई उपयोगी तुल्याउने विधाताको महान योजनाको परिणाम’ भनेर वर्णन गर्ने १८४० को दशकतिरका इसाई धर्मप्रचारकहरूको विश्वासलाई पनि यस्ता वक्तव्यले पछि पार्नेछ । अथवा, भर्खरैको कुरा गर्दा, डोमिनिकन रिपब्लिकमा गरिएको (अमेरिकी) हस्तक्षेप (१९६५) माथि टिप्पणी गर्दा क्यारिबियन मुलुकहरूको समस्यालाई रुसी साम्राज्यवादको देन बताउने ए. ए. बर्ले (अमेरिकी कूटनीतिज्ञ) को क्षुद्रतालाई पनि उक्त भनाइले माथ गर्ने देखिन्छ ।
संशयवादको यस प्रकारको असफलताको अन्तिम उदाहरणको रूपमा अमेरिकाको भियतनाम नीतिमाथि हार्वर्ड -अक्स्फोर्ड टेलिभिजन बहसमा दिएको आˆनो प्रस्तुतिको निचोड दिने क्रममा हेनरी किसिन्जरले गरेको टिप्पणीलाई नै लिऊँ । किसिन्जरले दुःखका साथ बताए कि मानिसहरूले “हाम्रो मूल्याङ्कनप्रति कुनै चासो नगरी, हाम्रो उद्देश्यमाथि प्रश्न उठाएको” कुराले उनलाई सबभन्दा चिन्तित तुल्याउने गर्दछ । राजनैतिक विश्लेषण नै व्यावसायिक चासो भएका व्यक्तिबाट आएको यो टिप्पणी उल्लेखनीय छ ।
किसिन्जर सरकारका गतिविधिहरूलाई औपचारिक प्रचारप्रसार सामाग्रीमा अभिव्यक्त नगरिएका र जसका गतिविधिलाई उनीहरू नियन्त्रण गर्छन्, तिनै जनताहरूले चाहिँ सरकारका गतिविधि शायद रमरम मात्र अनुभूत गर्न सकेका हुन्छन् भनेर सोच्ने र त्यस्तै कोणबाट राजनैतिक विश्लेषण गर्ने व्यक्ति हुन् ।
रुसी, प|mान्सेली वा तान्जानिएलीहरूको राजनैतिक आचरणलाई उनीहरूको उद्देश्यबारे प्रश्न गरेर र तिनका गतिविधिलाई औपचारिक शब्दाडम्बरपछाडि कुशलतापूर्वक लुकाइएका दीर्घकालीन स्वार्थको दृष्टिकोणबाट विवेचना गरिएका विश्लेषणबाट कोही पनि विचलित हुँदैनन् होला । तर, यो लेख अमेरिकी उद्देश्य इमान्दार छ र विश्लेषणको विषय होइन भन्ने विश्वासको अभिव्यक्ति हो । यद्यपि अमेरिकी बौद्धिक इतिहासमा, र त्यो अर्थमा, साम्राज्यवादी स्पष्टीकरणको इतिहासमा नै यो कुनै नयाँ कुरा त होइन, तर यो सादगीपन यसले सेवा गरिरहेको शक्ति विश्व मामिलामा अझ हावी हुँदै गर्दा र यही कारण अनियन्त्रित क्रुरतामा पनि अझ सक्षम बन्दै गर्दा भने बिस्तारै बेस्वादिलो बन्दै जान्छ । यस शक्तिको अनियन्त्रित क्रुरतालाई सार्वजनिक सञ्चार माध्यमले प्रत्येक दिन हाम्रो अगाडि पस्किरहेकै छन् ।
हामी भौतिक समृद्धि, प्राविधिक क्षमताको विशालता, र तल्लो दर्जाका दुस्ख र कष्टहरूप्रतिको निरपेक्ष तिरस्कारलाई संयोजन गर्ने इतिहासकै पहिलो महाशक्ति भने होइनौँ । हाम्रो बौद्धिक इतिहासलाई कुरूप बनाउने अज्ञानता र दम्भको लामो परम्पराले आवश्यक पर्छ भने तेस्रो विश्वका लागि चेतावनीको काम गर्नुपर्छ, त्यसैगरी इमान्दारी र भद्र उद्देश्यका हाम्रा प्रतिरोधहरूको पनि अर्थ लगाउनुपर्ने हुन्छ ।
from Online Khabar http://bit.ly/2EF1Y4Y
via IFTTT
No comments:
Post a Comment