७ पुस, काठमाडौं । सुन्दरीजलस्थित वीपी संग्रहालयमा पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका तत्कालीन सभापति कृष्णप्रसाद भट्टराईको पूर्ण कदको शालिक निर्माण गरिएको छ ।
शनिबार कांग्रेस सभापति शेरबहादुर देउवाले ढलौटले बनेको सन्त नेता भट्टराईको शालिक अनावरण गरे । सन्त नेता भट्टराईको ९५ औं जन्मजयन्तिको अवसर पारेर शनिबार शालिक अनावरण गरिएको छ ।
त्यसअवसरमा बोल्दै सभापति देउवाले पार्टीका संस्थापक नेता विपी कोइराला, सन्त नेता भट्टराई, गणेशमान सिंहसँगै सुन्दरीजल जेल परेका अन्य नेताहरुको पनि सोही संग्रहालय परिसरमा शालिक बनाउने घोषणा गरे ।
वीपी संग्रहालयमा विपी कोइराला, गणेशमान सिंहको यसअघि नै शालिक निर्माण गरिएको छ ।
विपी संग्रहालय नेपालको मात्रै नभएर लोकतान्त्रिक मुलुकहरुका लागि दर्शनीय स्थल रहेकोे उल्लेख गर्दै देउवाले त्यसको पूर्वाधार विकासमा जोड दिनुपर्ने आवश्यक्ता पनि औंल्याए ।
from Online Khabar http://bit.ly/2Seosxt
via IFTTT
No comments:
Post a Comment