२२ पुस, काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग (बीपीएल) क्रिकेटमा पनि चम्किएका छन् ।
आइतबार सिलेट सिक्सर्सबाट बीपीएल खेलेका सन्दीपले आफ्नो डेब्यु खेलमै दुई विकेट लिन सफल भएका छन् । बिग ब्यास लिग क्रिकेटबाट बिचैमा छोडेर बंगलादेश प्रस्थान गरेका सन्दीपले आफ्नो पहिलो खेलमा कोमिला भिक्टोरियन्सविरुद्ध दुई विकेट लिन सफल भए ।
सन्दीपले पूरै चार ओभर बलिङ गर्दै मात्र १६ रन खर्चेर दुई विकेट लिएका हुन् ।
सन्दीपले विकेट लिने क्रममा सोयब मलिकलाई १३ रनमा आउट गराए । त्यस्तै, सन्दीपले एनामुल हकलाई पाँच रनमा आउट गराएका थिए ।
टस हारेर ब्याटिङ गरेको सिलेट सिक्सर्सले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १२७ रन बनाएपछि कोमिला भिक्टोरियन्सले १२८ रनको चुनौती पाएको थियो ।
from Online Khabar http://bit.ly/2QpUncD
via IFTTT
No comments:
Post a Comment