१३ माघ, काठमाडौं । पाकिस्तानका कप्तान सर्फराज अहमद चार खेलका लागि प्रतिबन्धमा परेका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले कप्तान सर्फराजलाई दक्षिण अफ्रिकाबिरुद्धको दोस्रो एक दिवसीय खेलमा उनले गरेको रंगभेद गरेको कारण चार खेलको प्रतिबन्ध लगाएको हो ।
गत मंगलबार दुर्बानमा भएको दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा विकेटकिपर ब्याट्सम्यान तथा कप्तान सर्फराजले दक्षिण अफ्रिकाका एन्डिल फेहलुकवायोमाथि दुर्व्यबहार गरेका थिए ।
यो प्रतिबन्धसँगै अब उनले दुई खेल एक दिवसीय सिरिजको गुमाउने छ भने दक्षिण अफ्रिकासँग कै टी-ट्वान्टी सिरिजको दुई खेल गुमाउने भएको छ ।
आजै पाकिस्तान क्रिकेट बोर्डले उनको कप्तानी मै दक्षिण अफ्रिकाविरुद्ध खेल्ने टिमको घाषणा गरेको थियो ।
from Online Khabar http://bit.ly/2Rgphog
via IFTTT
No comments:
Post a Comment