Sunday, January 27, 2019

रुपन्देही च्यालेन्जर्समा पाकिस्तानका राजा र हङकङका बाबर अनुबन्धित

१३ माघ, काठमाडौं । धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिताको लागि टिम रुपन्देही च्यालेन्जर्सले पाकिस्तान र हङकङका खेलाडीलाई आफ्नो टिममा अनुबन्ध गरेको छ ।

रुपन्देही च्यालेन्जर्सले आज प्रेस विज्ञप्ति जारी गर्दै पाकिस्तानका प्रथम श्रेणी क्रिकेटर राजा अलि डर र हङकङका राष्ट्रिय टिमको कप्तानी गरिसकेका बाबर हायातलाई आफ्नो टिममा अनुबन्धित गरेको जनाएको छ ।

बाबर दायाँ हाते ब्याट्सम्यान हुन् । बाबरले हङकङका लागि २२ एक दिवसीय अन्तर्राष्ट्रिय र २४ टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् ।

राजा अलराउन्डर हुन् । उनले लाहोरको लागि पाकिस्तानी घरेलु क्रिकेटमा ६९ प्रथम श्रेणी तथा ६२ लिस्ट ए क्रिकेट खेलिसकेका छन् । राजा गत सिजन बंगलादेश प्रिमियर लिगमा राजशाही किंग्स टिममा थिए ।

यही माघ २६ देखि फागुन ११ गतेसम्म आयोजना हुने डीपीएलको टिम रुपन्देही च्यालेन्जर्सका रणनीतिक खेलाडी बसन्त रेग्मी रहेका छन् । यस्तै टीममा विनोद भण्डारी, ललित भण्डारी, भीम शार्की, प्रदीप ऐरी, सन्दीप सुनार, बिक्रम सोब, कृष्ण कार्की, सुमित महर्जन, अनिल खरेल, पुरन बिक, सुरज दराई र शेर मल्ल रहेका छन् ।

रुपन्देही टीम मालिक सुरज उप्रेतीले आफ्नो टिम सन्तुलित बनेको बताएका छन् । उनले भने, ‘अक्सनबाट पनि हामीले राम्रो खेलाडीहरु टिममा भित्र्याएका छौं । टिममा अझ सन्तुलन ल्याउन बाबर र राजालाई अनुबन्ध गरेका हौँ । यो पटक उपाधि जित्ने लक्ष्यका साथ टिम बनाएका छौं ।’



from Online Khabar http://bit.ly/2WmBZFJ
via IFTTT

No comments:

Post a Comment