Sunday, January 6, 2019

नेपाल स्काउटले ६ महिनापछि पायो नेतृत्व, लोकबहादुर भण्डारी बने तदर्थ समितिको संयोजक

२२ पुस,काठमाडौं । बिगत ६ महिनादेखि नेतृत्वविहीन रहेको नेपाल स्काउटको तदर्थ समिति गठन भएको छ । युवा तथा खेलकुद मन्त्रालयले लोकवहादुर भण्डारीको संयोजकत्वमा ५ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।

उच्च माध्यमिक विद्यालय संघ हिसानका महासचिव तथा जेभियर इन्टरनेशनल कलेजका कार्यकारी निर्देशक भण्डारी नेपाल स्काउटका पूर्व सदस्य सचिव हुन् । तदर्थ समितिमा कास्कीका शिववहादुर भण्डारी, भक्तपुरका बिजेन्द्र ध्वजु, सर्लाहीका इन्द्रभुषण अधिकारी र धनुषाकी सिमा कर्ण नियुक्त भएका छन् ।

नव गठित तदर्थ समितिका पदाधिकारीलाई आइतवार मन्त्रालयमा आयोजित एक समारोहमा युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले पद तथा गोपनियताको सपथग्रहण गराए । उनले तदर्थ समितिलाई ६ महिनाभित्र ऐन संशोधन गरि निर्वाचन गराउने जिम्मेवारी दिइएको बताए ।

नेपाल स्काउटको ऐन संशोधन नभएका कारण लामो समयदेखि निर्वाचन हुन सकेको छैन । भण्डारी नेतृत्वको समितिलाई ऐन संशोधन गरि ६ महिनाभित्र निर्वाचन सम्पन्न गराउने दायित्व सुम्पिएको विश्वकर्माले बताए ।

संयोजक भण्डारीले नेपाल स्काउटमा भएका अपारदर्शी क्रियाकलापलाई अन्त गर्दै ग्रामिण क्षेत्रका बालवालिका सम्म स्काउट अभियान लैजाने बताए । उनले स्काउटको अन्तर्राष्ट्रिय सम्बन्धलाई सुधार गर्ने प्रतिबद्धता जनाए ।



from Online Khabar http://bit.ly/2ReML1S
via IFTTT

No comments:

Post a Comment