Sunday, January 6, 2019

८३ लाख रुपैयाँसहित ४ जना हुण्डी कारोबारी पक्राउ

२२ पुस, जनकपुर । प्रहरीले ८३ लाख ५७ हजार रुपैयाँसहित ४ जना हुन्डी कारोबारीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषा र प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको सयुक्त टोलीले ८३ लाख ५७ हजार रुपैयाँसहित ४ जना हुण्डी कारोबारीलाई पक्राउ गरेको हो ।

आइतबार बिहान १० बजे जनकपुर उपमहानगरपालिका ११ स्थित रामेश्वर शाहको घरमा अवैध कारोबार हुने गरेको भन्ने सूचनाको आधारमा पुगेको प्रहरीले सो नगदसहित हुण्डी कारोबारीलाई पक्राउ गरेको हो । प्रहरीले भारत मधुवनी बासोपट्टका सन्तोष महतो र नरेश महतो तथा जनकपुर उपमहानगरपालिका १९ का विजय यादव र सोही उपमहानगरपालिका २ का मोख्तार अहमद रहेका छन् । अहमद व्यवसायी हुन् ।

प्रहरीले उनीहरुको साथबाट विभिन्न बैंकको ३० थान चेक, बैंक भौचर र हुण्डी कारोबारको लागि प्रयोग भएका हिसाब खाताका साथै ६ थान मोबाइल बरामद गरेको छ ।



from Online Khabar http://bit.ly/2C5UViV
via IFTTT

No comments:

Post a Comment