Monday, January 28, 2019

कालीकोटका अग्नी पीडितलाई सुर्खेती समाज जापानको सहयोग

काठमाडौं / कालीकोटको पलाता गाउापालिका-१ खाँडागाउँस्थित न्यौपाने बस्तीका अग्नी पीडितलाई सुर्खेती समाज जापानले सहयोग गरेको छ ।

सुर्खेत घर भइ जापानमा बस्दै आएका भीमप्रसाद न्यौपाने र कृष्ण शाहीको पहलमा समाजका सदस्यहरुबाट रकम संकलन गरी ४५ हजार आर्थिक सहयोग गरिएको हो ।

भीमप्रसाद न्यौपानेले १० हजार, कृष्ण शाहीले ७ हजार, वसन्त थापा मगरले ६ हजार पाँच सय, इन्द्रजित अधिकारी, सुरेन्द्र बिष्ट र गौरीप्रसाद न्यौपाने जनही पाँच हजार, दिपेन्द्र कँडेल र मोहनप्रसाद कँडेलले जनही २ हजार, प्रतीक्षा थापा न्यौपानेले २ हजार ५ सय रकम आगलागी पिडितका लागि सहयोग गरेका छन् ।

जापानमा संकलित रकम काठमाडौंमा रहेका कालीकोटका युवा अभियान्तामार्फत पठाइएको छ ।

यो पनि पढ्नुहोस कालीकोट आगलागी अपडेटः ८० घर खरानी, नियन्त्रणको प्रयास विफल

from Online Khabar http://bit.ly/2SevAgA
via IFTTT

No comments:

Post a Comment