Sunday, January 27, 2019

माइतीघरमा नारा : प्रधानमन्त्री ओली, अर्थहीन भए बोली (९ तस्वीर)

१३ माघ, काठमाडौं । अनसनरत डा. गोविन्द केसीको माग पूरा गर्न दबाब दिँदै विवेकशील साझा पार्टीले आइतबार काठमाडौंमा प्रदर्शन गरेको छ ।

माइतीघरमा भेला भएका विवेकशील साझाका नेता कार्यकर्ताले नयाँ वानेश्वरसम्म र्‍याली निकाले । र्‍यालीका सहभागीले डा. केसीसँगको सम्झौता पालना गर,प्रधानमन्त्री ओली अर्थहीन भए बोली, ब्यापारीलाई पौस्यौ स्वास्थ्य सेवा खोस्यौ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

र्‍यालीमा विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलगायत नेता कार्यकर्ता सहभागी भएका छन् । चिकित्सा शिक्षा सुधारको माग राख्दै १६ औं अनसनमा बसेका डा. केसीको जीवन रक्षा गर्न र उनले राखेका माग पूरा गर्न दबाब दिँदै विभिन्न दल र समूहले निरन्तर प्रदर्शन गर्दै आइरहेका छन् ।

हेर्नुहोस् तस्वीरहरु 

 



from Online Khabar http://bit.ly/2RizgJG
via IFTTT

No comments:

Post a Comment