१३ माघ, काभ्रेपलाञ्चोक । तामाङ समुदायको सांस्कृतिक पर्व ड्वाल्हो सोनाम ल्होसारका लागि याँका स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् ।
तामाङ समुदायको बाहुल्य रहेका चौँरीदेउराली गाउँपालिकाले दुई दिन सार्वजनिक बिदा दिएको छ भने तेमाल, महाभारत र रोशी गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिएका छन् ।
चौँरीदेउराली गाउँपालिका तामाङ समुदायको आदिभूमि रहेकाले पर्व, धर्म, संस्कृति, संरक्षण र संवद्र्धन गर्नु सरकारको दायित्व रहेको जनाउँदै गत बिहीबारको बैठकले यही माघ २२ र २३ गते दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको अध्यक्ष दीननाथ गौतमले बताए ।
रोशी गाउँपालिकाका अध्यक्ष दलबहादुर लामाले संविधानले स्थानीय सरकारलाई दिएको अधिकारभित्र रहेर सोनाम ल्होछार मान्न यही माघ २१, २२ र २३ गते सार्वजनिक बिदा दिइएको बताए । उनका अनुसार रोशी गाउँपालिकामा ७० प्रतिशत तामाङ समुदायको बसोबास छ ।
तेमाल गाउँपालिकाले पनि सोनाम ल्होछारका लागि यही माघ २१ देखि २३ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिकाका प्रवक्ता ज्ञानबहादुर मोक्तानले जानकारी दिए ।
महाभारत गाउँपालिकाले करबि एक महिनाअघि गत पुस २५ गते नै बैठक बसी ल्होसारमा तीन दिन बिदा दिने निर्णय गरेको थियो ।
from Online Khabar http://bit.ly/2Sb4FSO
via IFTTT
No comments:
Post a Comment