Thursday, January 3, 2019

एनआईसी एसियाकाे थप दुईवटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा

१९ पुस, काठमाडौं । एनआईसी एसिया बैंकले युके एड सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमकोे सहकार्यमा दार्चुला जिल्लामा दुईवटा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ ।

शाखारहित बैंकिङ्ग सेवा दार्चुलाको महाकाली नगरपालिका,वडा नं.–७ धाप र महाकाली नगरपालिका वडा नं.९ दत्तुमा क्रमश पुस १७ र १८ गतेबाट सञ्चालनमा ल्याएको छ ।

धापको शाखारहित बैंकिङ्ग सेवाको दार्चुला उद्योग वाणिज्य संघका अध्यक्ष मंगल सिंह ठगुन्नाले उद्घाटन गर्नुभएको हो भने सेवा प्रतिनिधिका रुपमा शेर सिंह रैखोलालाई नियुक्त गरिएको छ ।

त्यस्तै दत्तुको शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन महाकाली नगरपालिका–९ का वडाध्यक्ष हर सिंह डाँगाले गर्नुभएको हो भने सेवाका प्रतिनिधिको रुपमा श्रीकृष्ण सिंह चौैसिर नियुक्त हुनुभएको बैंक प्रशासनले जनाएको छ ।

शाखारहित बैंकिङ्ग सेवाबाट विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिमार्फत निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोबाइल रिचार्ज गर्ने, उपयोगी सेवाहरुको महसुल भुक्तानी गर्ने जस्ता सेवा प्राप्त गर्नसक्ने बैंकले जानकारी दिएको छ ।

यसबाहेक स्थानीयलाई स्वीकृत सिमाभित्र रही कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा ब्याज भुक्तानी गर्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्नेजस्ता सुविधाहरु प्राप्त हुने बताइएको छ ।



from Online Khabar http://bit.ly/2QlCY4K
via IFTTT

No comments:

Post a Comment