Thursday, January 3, 2019

तरुण दलले भन्यो : रेशम चौधरीलाई सपथ कानूनीराजको उपहास

१९ पुस, काठमाडौं । कैलाली १ बाट निर्वाचित सांसद रेशम चौधरीलाई सपथ गराउन लागेकामा

नेपाली कांग्रेसको युवा संगठन नेपाल तरुण दलले आपत्ति जनाएको छ । हत्या आरोपमा दोषी देखिएका चौधरीलाई सपथ गराउनुले कानूनी राज्यको उपहास भएको उसले बताएको छ ।

महासचिव भुपेन्द्र जंग शाहीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘२०७२ भाद्र ७ गते टीकापुरमा भयको निर्मम र बर्बरतापूर्ण हत्याकाण्डमा मारिएका सात जना सुरक्षाकर्मी र नाबालकको हत्याको मुख्य दोषीको रुपमा कारबाही गर्नुको साटो उल्टै सम्मानस्वरुप सपथ गराउने कार्यले शान्ति सुरक्षा, दण्डहीनता र कानुनी राज्यको उपहास गरेको छ ।’

चौधरीलाई कानून विपरीत जेलबाट निकालेर सांसद पदको सपथ गराउनुले संविधान, कानूनी शासनको उलंघन हुनुका साथै लोकतान्त्रिक मूल्य मान्यता विपरीत भए पनि तरुण दलले बताएको छ ।

सरकारले सत्ता स्वार्थका लागि हत्या गरिएका निर्दोष नागरिकका परिवारलाई थप पीडा दिएको भन्दै सरकारलाई त्यसो नगर्न विज्ञप्तिमार्फत सचेत गराइएको छ ।



from Online Khabar http://bit.ly/2R5vf0a
via IFTTT

No comments:

Post a Comment