Monday, January 28, 2019

जब तलब रोकिएपछि ट्रम्पका भान्छे रिसाएर छुट्टीमा बसे…

संसदबाट सरकारको वजेट प्रस्ताव पास नभएपछि हालै अमेरिकी इतिहासमै सबैभन्दा लामो समयसम्म सरकारी काम कारवाही बन्द (सटडाउन) भयो । उक्त सटडाउनको असर देशका सबै ठाउामा पर्‍यो  । अरु त अरु राष्ट्रपति कार्यालय तथा निवास ह्वाइट हाउस पनि यसबाट अछुत रहेन ।

पछिल्ला केही महिनाको तलब नपाएपछि ह्वाइट हाउसको किचेनका भान्छे छुट्टीमा बसिदिए । जसका कारण ह्वाइट हाउसमा तहल्का नै मच्चियो । पहिले नै लञ्च तथा डिनरका लागि आमन्त्रण गरिएका पाहुनाहरुलाई राष्ट्रपति ट्रम्पले बजारबाट मगाएका पिज्जा र बर्गरले टार्न बाध्य भए ।

स्मरण रहोस् गत महिना मेक्सिकोसागको सिमानामा पर्खाल लगाउनका लागि ट्रम्पले संसद समक्ष ५ अर्ब ७० करोड बजेटको स्विकृतिको लागि प्रस्ताव पेश गरेका थिए । तर उनको त्यो मागलाई विपक्षी दलले अस्वीकार गर्‍यो  । प्रस्ताव पेश हुन नसकेपछि सरकारले देशभर सटडाउनको घोषणा भयो । पछिल्लो सटडाउन ३ हप्ता भन्दा लामो समयसम्म चल्यो ।

यसअघि बिल क्लिन्टन राष्ट्रपति हुादा २१ दिनसम्म सटडाउन भएको थियो ।

समाचार अनुसार सोमबार ट्रम्पले अमेरिकी कलेज फुटबल च्याम्पियनसीपका विजता टिमलाई ह्वाइट हाउसमा लञ्चका लागि बोलाएका थिए । तर फुटबलरहरुलाई खाना खुवाउनका लागि खाना पकाउने भान्छे तलब नपाएको झोाकमा छुट्टीमा गएपछि आपत् पर्‍यो । त्यसपछि पिज्जा, बर्गर र फ्रेन्च फ्राइज बजारबाट अर्डर गरी मगाएर उनीहरुलाई खुवाइयो ।

रोचक त के भने राष्ट्रपति ट्रम्पले आफ्नै गोजीको पैसा खर्च गरेर बजारबाट पिज्जा, बर्गर र फ्रेन्च फ्राइज मगाएका हुन् । बजारबाट मगाएका ती सामानको बिल उनले सरकारी खर्चमा पेश गरेनन् । एजेन्सी



from Online Khabar http://bit.ly/2WpV9dL
via IFTTT

No comments:

Post a Comment