Wednesday, January 30, 2019

लिबियामा बन्धक १२ नेपालीको तत्काल उद्धार गर : कांग्रेस

१६ माघ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले लिबियामा बन्धक बनाइएका १२ नेपालीलाई तत्काल उद्धार गर्न सरकारलाई आग्रह गरेको छ ।

बुधबार प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति निकालेर बन्धक बनाइएका १२ नेपाली युवालाई उद्धार गरी सकुशल देश फर्काउने पहल गर्न र दोषीहरुलाई कारवाही गर्न सरकारसँग माग गरेका हुन् ।

कांग्रेसको विज्ञप्तिमा भनिएको छ ‘तिनलाई उद्धार गरी सकुशल देश फर्काउन तत्कालै गम्भीर पहल गरियोस् तथा त्यस्तो स्थिति उत्पन्न गराउन संलग्न दोषीहरुलाई कारवाहीको प्रकृया शुरु गर्न नेपाल सरकारसंग आग्रह गर्दछौं ।’

नेपाली तथा पाकिस्तानी दलालले इटाली लगेका १२ नेपाली लिबियामा बन्धक बनाइएको घटना महानगरीय प्रहरी अपराध महाशाखाले पनि पुष्टि गरिसकेको छ ।



from Online Khabar http://bit.ly/2Upi5Io
via IFTTT

No comments:

Post a Comment