Wednesday, January 30, 2019

भोलि पनि संसद अवरुद्ध गर्ने कांग्रेसको निर्णय

१६ माघ, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले संसदको अवरोध कायमै राख्ने भएको छ ।

संसदको बैठक भोलि बोलाइएको छ । त्यसको अघिल्लो दिन बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा कांग्रेसले संसद अवरोध कायमै रहने बताएको हो ।

आफ्ना नेताहरु गिरिजाप्रसाद र सुशील कोइरालाको नाममा स्थापना भएको अस्पताल विघटन गर्न खोजेको भन्दै कांग्रेसले लगातार संसद अवरुद्ध गर्दै आएको छ । कांग्रेसको नाराबाजीका बीच प्रतिनिधिसभाले चिकित्सा शिक्षा विधेयक पास गर्‍यो । त्यसपछि सरकारले अस्पतालबारे कांग्रेसको माग सम्बोधन गर्दै दुबै अस्पतालाई केन्द्र सरकार मातहत राख्ने निर्णय गरेको छ ।

तर, कांग्रेसले चिकित्सा शिक्षा विधेयक पास गर्ने क्रममा सरकार र सभामुखले अधिकतम शक्ति प्रयोग गरेको भन्दै संसद सञ्चालन हुन नसक्ने बताएको छ । ‘११ गतेको बैठक जुन ढंगले बसालियो, त्यसमा हाम्रो गम्भीर आपत्ति छ’ कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले अनलाइनखबरसँग भने, ‘आफ्नो गल्ती सच्याउनु पर्ने रहेछ तर, संसदमा चिकित्सा शिक्षाबारे छलफल भयो भने अगाडि बढ्न सक्दैन भन्ने लागेर होला, छलफल नगरी अगाडि बढाइयो ।’

डा. गोविन्द केसीसँग भएको सम्झौताका कतिपय विषय उल्टाइएको भएको भन्दै उनले यसले सरकारमाथि नै अविश्वासको अवस्था आएको बताएका छन् ।



from Online Khabar http://bit.ly/2UmgzGW
via IFTTT

No comments:

Post a Comment