Thursday, January 10, 2019

हवाई इन्धनको मूल्य लिटरमा १० रुपैयाँ घट्यो

२६ पुस, काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको बिक्री मूल्य घटाएको छ ।

बिहीबार राति १२ बजेदेखि लागू हुने गरी हवाई इन्धनको मूल्य प्रतिलिटर १०  रुपैयाँ घटाएको हो । अब हवाई मूल्य प्रतिलिटर ९४ रुपैयाँ ५० पैसा पर्ने निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिए ।

निगमले केही दिनअघि पेट्रोल, डिजल र मट्टितेलको मूल्य घटाएको थियो । खाना पकाउने ग्यासको मूल्यमा भने घटबढ भएको छैन ।



from Online Khabar http://bit.ly/2H2pNGF
via IFTTT

No comments:

Post a Comment