२६ पुस, काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको सेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ । अपर तामाकोशीको १० करोड ५९ लाख कित्ता साधारण सेयर नेप्सेले बिहीबार सूचीकृत गरेको हो ।
सेयर धितोपत्र सूचीकरण विनियमावली २०७५ बमोजिम सूचीकृत गरिएको नेप्सेले जनाएको छ । भोलि शुक्रबार सेयर कारोबार नहुने भएकाले तामाकोशीको कारोबार आगामी आइतबारदेखिमात्रै हुनेछ ।
आयोजनाले पहिलो चरणमा आयोजना प्रभावित र दोस्रो चरणमा सर्वसाधारणलाई गरी दुई चरणमा आईपीओ जारी गरेको थियो । ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजना दोलखामा रहेको छ ।
from Online Khabar http://bit.ly/2M2XIho
via IFTTT
No comments:
Post a Comment