१३ माघ, काठमाडौं । विश्व नम्बर एक सर्वियन खेलाडी नोभाक जोकोभिकले अष्ट्रेलियन ओपन टेनिसको उपाधि जितेका छन् ।
आज सम्पन्न फाइनल खेलमा विश्व नम्बर दुई स्पेनिस खेलाडी राफेयल नाडाललाई तीन-शुन्यको सेटमा पराजित गर्दै जोकोभिकले उपाधि जितेका हुन् ।
जोकोभिकले नाडाललाई ६-३, ६-२ र ६-३ को सेटमा पराजित गर्दै सातौं पटक अष्ट्रेलियन ओपन टेनिसको उपाधि जितेका हुन् । योसँगै ३१ वर्षीय जोकोभिकले आफ्नो करिअरमा १५ ग्राण्ड स्लामको उपाधि जितेका छन् ।
जोकोभिकले सेमिफाइनलमा लुकास पौइललाई ६-०, ६-२ र ६-२ को सेट पराजित गर्दै फाइनल प्रवेश गरेका थिए । यता, नाडालले भने गि्रकका स्टेफानोस सिट्सिपासलाई ६-२, ६-४ र ६-० को सेटमा पराजित गर्दै फाइनल प्रवेश गरेका थिए ।
from Online Khabar http://bit.ly/2CLMYzJ
via IFTTT
No comments:
Post a Comment