Sunday, January 27, 2019

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आइतबार विहान राष्ट्रपति भवन पुगेका प्रधानमन्त्रीले हालै आफ्नो डावोस भ्रमणका बारेमा जानकारी गराएका छन् ।

स्वीट्जरल्याण्डको डाभोसमा हालै सम्पन्न भएको विश्व आर्थिक मञ्चको वार्षिक बैठकमा सहभागिता एवम् स्वीट्जरल्याण्डसंग भएको आपसी हित तथा अन्य समसामयिक विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

भेटमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, अर्थमन्त्री डा. युवराज खतिवडालगायत सरकारका उच्च पदस्थअधिकारीहरु सहभागी थिए ।



from Online Khabar http://bit.ly/2UjmGf5
via IFTTT

No comments:

Post a Comment