१७ पुस, काठमाडौं । ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ प्रति आपत्ति जनाउँदै आन्दोलनरत लेखा समूहका कर्मचारीहरुले मंगलबार महालेखा नियन्त्रक कार्यालयमा २ घण्टा तालाबन्दी गरेका छन्
संघीय सरकार मातहत आफूहरुलाई परिचालन गर्ने व्यवस्था गर्न सरकारसँग पहल गरिदिन आग्रह गर्दै लेखा समूहका कर्मचारीहरुले काठमाडौंस्थित महालेखा नियन्त्रक कार्यालयमा मंगलबार बिहान १० बजेदेखि १२ बजेसम्म दुई घण्टा तालाबन्दी गरेका हुन् ।
कर्मचारी समायोजन अध्यादेशले आफूहरुलाई बेवास्ता गरेपछि संघीय सरकार मातहत नै आफूहरुलाई परिचालन गर्ने व्यवस्था गर्न पहल गरिदिन आग्रह गर्दै महालेखा नियन्त्रक कार्यालयमा तालाबन्दीसहितको बिरोध प्रर्दशन गर्नु परेको लेखा अधिकृत तुलसीराम बस्नेतले जानकारी दिए ।
कर्मचारी समायोजन अध्यादेशमा प्रदेश र स्थानीय तहमा आफूभन्दा कनिष्ट कर्मचारी मातहत रहने गरी परिचालन गर्ने व्यवस्था गरेकोमा लेखा समूहका कर्मचारीहरुको आपत्ति छ ।
उनीहरुले सोही व्यवस्था मान्य नहुने चेतावनी दिँदै देशभरका आ–आफ्ना कार्यालयको कामकाज छोडी आन्दोलन सुरु गरेका छन् । आफूहरुको माग सरकारले तत्काल सम्बोधन नगरे बुधबारदेखि देशभरका लेखासम्बन्धी सम्पूर्ण कामकाज ठप्प पार्ने लेखा अधिकृत बस्नेतले चेतावनी दिए ।
गत आइतबारदेखि आन्दोलनरत लेखा समूहका कर्मचारीहरुको मागप्रति प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसमा आवद्ध नेपाल निजामती कर्मचारी युनियनले पनि ऐक्यवद्धता जनाएको छ ।
from Online Khabar http://bit.ly/2Apu9lr
via IFTTT
No comments:
Post a Comment