Tuesday, January 8, 2019

वैदेशिक रोजगार विभागबाट ७ विचौलिया पक्राउ

२४ पुस, काठमाडौं । वैदेशिक रोजगार विभाग, सोल्टीमोडमा सेवाग्राहीलाई दुःख दिएको आरोपमा ७ जना विचौलिया पक्राउ परेका छन् । मंगलबार दिउँसो काठमाडौ प्रहरीले परिसरको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

परिसरका डीएसपी होविन्द्र बोगटीका अनुसार पक्राउ पर्नेमा भरत तामाङ, दिपु शाह, मनुराज न्यौपाने, पुजन राई, गणेश तामाङ, विकल शाही र राजेश तामाङ छन् ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



from Online Khabar http://bit.ly/2RgeQGh
via IFTTT

No comments:

Post a Comment