Tuesday, January 8, 2019

बैंकको एटीएम मेसिन फुटाउन खोज्दा…

२४ पुस, काठमाडौं । प्रहरीले एटीएम मेसिन फुटाएर रकम चोरी गर्न खोजेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बनेका रमेश पाण्डे र भक्तपुर सूर्यविनायकका दिनेश सुकु भट्ट छन् ।

उनीहरुलाई महानगरीय प्रहरी वृत्त, जगातीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

उनीहरुले १८ पुसमा राति साढे ८ बजे सूर्यविनायक–५ मा रहेको सानिमा बैंकको एटीएम मेसिन फुटाउन खोजेका थिए ।

मेसिनको माथिल्लो भागमा रहेको सीसी टीभीको फुटेजको आधारमा उनीहरुलाई पक्राउ गरिएको जगाती वृत्तले जनाएको छ ।

थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।



from Online Khabar http://bit.ly/2CieoNt
via IFTTT

No comments:

Post a Comment