Tuesday, January 29, 2019

स्वाइन फ्लूका कारण भारतीय पूर्वरक्षामन्त्री जार्ज फर्नान्डिसको निधन

१५ माघ, काठमाडौं । भारतका पूर्वरक्षामन्त्री जर्ज फर्नान्डिसको ८८ वर्षको उमेरमा निधन भएको छ । उनको मंगलबार विहान सात बजे दिल्लीको एक अस्पतालमा निधन भएको हो ।

पारिवारिक सूत्रका अनुसार उनमा केही दिनदेखि स्वाइन फ्लूको संक्रमण देखिएको थियो । उनी लामो समयदेखि अल्जाइमर रोगबाट पनि पीडित थिए ।

भारतीय नेता अटल विहारी बाजपेयीको अगुवाईमा राष्ट्रिय जनतान्त्रिक गठबन्धको सरकार बनेको बेलामा जर्ज फर्नान्डिस रक्षामन्त्री बनेका थिए । उनी भारतको समता पार्टीका संस्थापकसमेत हुन् ।

३ जुन १९३० मा जन्मेका फर्नान्डिस नौ पटकसम्म लोकसभाको सांसद रहेका थिए । उनी छ भाइबहिनीमध्यको जेठो थिए । फर्नान्डिस हिन्दी, अंग्रेजी, तमिल, मराठी, कन्नड, उर्दुलगायत १० भाषाका दख्खल राख्थे ।



from Online Khabar http://bit.ly/2UqTd36
via IFTTT

No comments:

Post a Comment