Tuesday, January 29, 2019

डीपीएलको हाइजिन पार्टनरमा हिमाल डेन्टल

१५ माघ, काठमाडौं । धनगढी प्रिमियर लिग (डीपीएल ) क्रिकेटको हाइजिन पार्टनरमा हिमाल डेन्टल हुने भएको छ ।

मंगलबार हिमाल डेन्टलका प्रबन्ध निर्देशक राजेन्द्रप्रसाद भट्ट र धनगढी क्रिकेट एकेडेमीका निर्देशक प्रकाश खड्काबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौताअनुसार नगद र अन्य शीर्षक गरी सात लाख रुपैयाँ बराबर हिमाल डेन्टलले डीपीएललाई दिनेछ ।

डेन्टलले रुस्लान डीपीएल खेल्ने प्रत्येक खेलाडीलाई ५ हजार रुपैयाँ बराबरको निशुल्क दाँत चेक कप गराउने छ । डीपीएल यही माघ २६ गतेदेखि फाल्गुन ११ गतेसम्म धनगढीको फाप्ला मैदानमा आयोजना हुँदैछ ।

डीपीएलमा धनगढी स्टार्स, सीवाईसी अत्तरिया, काठमाडौं गोल्डेन्स, रुपन्देही च्यालेन्जर्स, बिराटनगर किंग्स र महेन्द्रनगर युनाइटेड रहेका छन् । ६ वटै टोलीले यसअघि नै भएको अक्सनबाट खेलाडी लिइसकेका छन् ।

डीपीएलका प्रत्येक टिमले अक्सनबाट १२ खेलाडी, एक रणनैतिक खेलाडी र दुई विदेशी गरी १५–१५ खेलाडी टोलीसँग आबद्ध गरेका छन् ।



from Online Khabar http://bit.ly/2WrKsYr
via IFTTT

No comments:

Post a Comment