Monday, January 28, 2019

युएईले नेपाललाई दियो २५५ रनको चुनौती

१४ माघ, काठमाडौं । तीन एकदिवसीय सिरिज जित्न यूएईले नेपाललाई युएईले २५५ रनको चुनौती पेश गरेको छ ।

नेपालले केहीबेरमा ब्याटिङ गर्नेछ ।

आईसीसी क्रिकेट एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा २५४ रन बनायो ।

यूएईको सुरुवात खराब थियो । ४७ रन जोड्दा ४ विकेट गुमाइसकेको थियो तर, मध्यक्रमका ब्याट्सम्यानले पारी सम्हाले । साइमान अनवर र सीपी रिजवानले शतकीय साझेदारी गरे ।

यूएईको स्कोर १४५ रन हुँदा पाँचौं विकेटका रुपमा रिवाज ४५ रनमा आउट भए । उनलाई करण केसीले आउट गरे ।

तर, सातौं नम्बरमा आएका मोहम्मद बुटाले अनवरसँग मिलेर आक्रामक पारी खेलेपछि यूएईले राम्रो स्कोर बनायो । दुबैले छैटौं विकेटका लागि ठूलो साझेदारी गरे । अनवर ८७ रनमा आउट भए ।

आक्रमब ब्याटिङ गरेका बुटाले मात्र ३१ बलमा अविजित ५९ रन बनाए । मोहम्मद नाबिद ११ रनमा नटआउट रहे ।

नेपालका लागि कप्तान पारस खड्का  र करण केसीले दुई-दुई विकेट लिए । सन्दीप लामिछाने र सोमपाल कामीले समान १–१ विकेट लिए ।



from Online Khabar http://bit.ly/2B5R8lG
via IFTTT

No comments:

Post a Comment