१३ माघ, नवलपरासी । जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिमले विभिन्न मुद्दामा फरार रहेका चार जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी प्रहरी नावय उपरीक्षक वीरेन्द्र थापाका अनुसार प्रहरीले जिल्ला अदालतबाट दोषी ठहर भइ फरार रहेका चारजनालाई पक्राउ गरी कारवाहीका लागि अदालत बुझाएको हो ।
पक्राउ पर्नेमा डाँका मुद्दाका दुईजना, बहुविवाह मुद्दाका एकजना र जबरजस्तीकरणी मुद्दाका एकजना रहेका छन् ।
डीएसपी थापाका अनुसार ६ बर्ष कैद र ५ हजार ८ सय ५० रुपैयाँ जरिवाना फैसाला भएका डाका मुद्दामा फरार अभियुक्त नवलपरासीको बर्दघाट नगरपालिका ५ बस्ने डल्ल भन्ने मस्तद्धिन मिया, त्यसैगरी सोही सजाय फैसाला भएका सोही ठाउँका विकास भन्ने कमल रोक्का पक्राउ परेका हुन् ।
त्यसैगरी बहुविवाहमा एक वर्ष कैद र पाँचहजार जरिवाना फैसाला भएका बर्दघाट-२ का मनबहादुर राना र जबरजस्ती करणीमा पाँच वर्ष कैद सजाय पाएका बर्दघाट-२ का सानु भन्ने टोलमान गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुलाई आवश्यक कारवाहीको लागि आइतबार जिल्ला अदालत पेश गरिएको उनले बताए ।
from Online Khabar http://bit.ly/2Th4gf4
via IFTTT
No comments:
Post a Comment