१३ माघ, विराटनगर । प्रदेश १ को सामाजिक बिकास मन्त्रालयले स्वास्थ्य प्रवद्र्धन सचेतना सद्भावना दूतमा कलाकार सीताराम कट्टेल (धुर्मुस), कुञ्जना घिमिरे (सुन्तली) लाई नियुक्त गरेको छ ।
सामाजिक विकास मन्त्रालयले धुर्मुस र सुन्तलीसँग एक बर्षका लागि सद्भावना दूत नियुक्त गरेको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आइतबार आयोजित समारोहमा सामाजिक विकास मन्त्रालयका निमित्त सचिव उपेन्द्र दाहाल र सीताराम कट्टेल (धुर्मुस)ले द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरे ।
सम्झौता अनुसार एक बर्षका लागि धुर्मुस र सुन्तली राष्ट्रिय स्वास्थ्य नीति–२०७१ र नसर्ने रोगको रोकथाम तथा नियन्त्रण कार्यान्वयन योजना प्रर्वद्धनका लागि अभियान सञ्चालन गर्नेछन् । सद्भावनादूतले ‘एक घर, पाँच योग, पाँच जडीबुटी, पाँच वटा सकारात्मक व्यवहार’, ‘मेरो फोहर म आफैैं सफा गर्छु’ र ‘समुदायको सरसफाइमा मेरो दायित्व’ लगायत जनचेतनामूलक कार्यक्रम कार्यक्रम सञ्चालन गर्नेछन् ।
सद्भावना दूत सीताराम कट्टेलले प्रदेश सरकारले तयार परेको स्वास्थ्य प्रवर्द्धन अभियानको कार्यक्रममा सलंग्न भएर जनस्तरमा सचेतना बढाउन आफूहरु सधैं तयार रहेको बताए ।
मुख्यमन्त्री शेरधन राईले धुर्मुस र सुन्तलीको सलंग्नतासगै यो अभियान प्रभावकारी हुनेमा आफू विश्वस्त रहेको बताए ।
from Online Khabar http://bit.ly/2ThQNU2
via IFTTT
No comments:
Post a Comment