Tuesday, January 29, 2019

ग्रीन लाइफ हाइड्रोले आईपीओ जारी गर्ने

१५ माघ, काठमाडाैं । ग्रीनलाइफ हाइड्रोपावर कम्पनीले १८ करोड मूल्य बराबरको १८ लाख कित्ता साधारण शेयर(आईपीओ) जारी गर्नेभएको छ ।

कम्पनीले मंगलबार प्रकाशित गरेको एक विवरणअनुसार यही माघ २२ गतेदेखि आगामी फागुन ७ गतेसम्म साधारण शेयर बिक्रीका खुला गरिनेछ । पहिलो चरणमा सेयर बिक्री नभएमा आगामी फागुन २७ गतेसम्मको समयसीमा तोकिएको कम्पनीले जानकारी दिएकाे छ ।

दोलखामा आयोजनास्थल रहेको सो आयोजनाको सेयरमा न्यूनतम २० कित्ता र अधिकतम नौ हजार कित्तासम्म आवेदन दिन पाउने जनाइएकाे छ । कम्पनीले दोलखामा ४० मेगावाट क्षमता खानीखोला एक जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

कम्पनीका अनुसार साे आयोजनाबाट आगामी चैतदेखि विद्युत् उत्पादन शुरु हुनेछ । केयर रेटिङ नेपालले गरेको वित्तीय विश्लेषणमा सो कम्पनीको अवस्था औसत रहेको भन्दै ग्रेड चार दिएको छ ।



from Online Khabar http://bit.ly/2Tj24DF
via IFTTT

No comments:

Post a Comment