Tuesday, January 29, 2019

एउटै ठेकेदारले धेरै ठेक्का पाउँदा झोलुङ्गे पुल निर्माणमा ढिलाइ

१५ माघ, काठमाडाैं । ठेकेदारले एउटै समयमा एकभन्दा बढी निर्माणको ठेक्का लिँदा अधिकांश झोलुङ्गे पुल ठेक्का सम्झौतामा तोकिएको अवधिमा पूरा हुन सकेका छैनन् । कुन ठेकेदारसँग कुन ठेक्काको काम पूरा हुन बाँकी छ भन्नेकुरा थाहा नहुने सस्पेन्सन बृज डिभिजनले जनाएको छ ।

कुनै पनि झोलुङ्गे पुलको ठेक्का सम्झौता गर्दा त्यो ठेकेदार कम्पनीसँग दक्ष प्राविधिकलगायत जनशक्ति कति छन्, उपकरण कति छ र काम गर्नका लागि बैंकमा जम्मा गरेको रकम (सिड मनि) कति छ हेरेर मात्रै ठेक्का गर्ने गरिएको डिभिजनका इञ्जिनीयर हुमाकान्त मिश्रले बताए ।

एउटै ठेकेदारले त्यही जनशक्ति, ‘सिड मनि’ र उपकरण देखाएर धेरै ठाउँमा कामको ठेक्का लिने गरेको उल्लेख गर्दै उनले भने, ‘पुल, सडक, खानेपानीलगायत धेरै आयोजनाको ठेक्का लिएइको भए पनि हामीलाई ठेक्का दिनु पहिले जानकारी नै हुँदैन ।’

झोलुङ्गे पुल निर्माणमा ढिलाइका विभिन्न कारणमध्ये एउटै ठेकेदारको एकै समयमा धेरै ठेक्का हुनु नै रहेको र ठेकेदारले उपकरण र जनशक्ति अन्यत्र लैजाने गरेको जानकारी दिँदै इञ्जिनीयर मिश्रले एकपटक सम्बन्धित कार्यक्षेत्रबाट अर्को ठेक्का भएको ठाउँमा सामान र जनशक्ति लगेपछि फर्काउन समय लाग्ने बताए ।

सडकको पहुँच अहिले नपुगेका र चाँडै पुग्ने सम्भावना कम भएका स्थानमा डिभिजनले झोलुङ्गे पुल निर्माण गर्दै आएको छ । यो वर्ष एकसय पुल निर्माण गर्ने योजना रहेको जनाइएको छ ।



from Online Khabar http://bit.ly/2WrKBer
via IFTTT

No comments:

Post a Comment